Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा शक्तिशाली हुरी बतास ,सचेत रहन सुझाव !

दक्षिण कोरियामा मंगलबार देखी शक्तिशाली हावाहुरी चलेको छ।बुधबार दिनभरी कोरियाका अधिकाँश ठाँउहरुमा हावाहुरी चल्ने मौषम बिज्ञान बिभाग दक्षिण कोरियाले जनाएको छ।कोरिया मौसम विज्ञान प्रशासन (केएमए) ले बुधवार देशको अधिकांश भागहरूमा शक्तिशाली हावा हुरी बहने भएकोले उच्च शतर्कता सचेतना जारी गरेको छ।

उत्तर-पूर्वी प्रान्त खाङ्गवनका केही भागमा आज बिहान 8 बजे शक्तिशाली हावाको वेग प्रसारण भयो।दक्षिणी टापु जेजुमा सबैभन्दा शक्तिशाली हावाहुरी आउने सम्भावना भएसंगै शतर्कता सुची क्षेत्रमा राखिएको छ।सउल तथा आसपास लगायत देशैभरीका ठाउँहरुमा शक्तिशाली वेगमा बतास चल्ने भएकोले शतर्कता अपनाउन आग्रह गरिएको छ।”

खास गरी समुद्री तटवर्ती क्षेत्रमा बुधवार राती सम्म एकदमै तीव्र हावा चल्ने जनाईएको छ।उच्च शतर्कता र सुरक्षामा विशेष ध्यान दिनुपर्दछ,” एजेन्सीले भने।मौसम एजेन्सीले भनेको छ कि अत्यन्तै तेजगतीमा हावा चीनबाट उच्च वायुमण्डलीय चाप र जापानको कम वातावरणीय दबाव बीचको भिन्नताका कारण कोरियामा यसको प्रभाव परेको हो।आज दिउँसो सियोल महानगर क्षेत्र,ईन्छन र खाङ्गवन र बिहिबार बिहान सम्म अन्य क्षेत्रहरुमा यसको प्रभाव पर्ने जनाईएको छ। आउदो शनिवार पनी यस्तै शक्तिशाली बतास चल्ने भएकोले शतर्क रहन सुझाईएको छ .। कान्तिपुर प्रेसबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय