Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट प्रधानमन्त्रीलाई खुल्ला पत्र : तपाईको जन्मदिनको केक बोक्ने हेलिकोप्टर कहाँ छन ?

एकिन्द्र खड्का,सम्मानानीय प्रधानमन्त्री ज्यु नमस्कार ,म एकिन्द्र खड्का, सुन्दर सुदुरपस्चिम घर भै बिरानो मुलुक दक्षिण कोरिया बाट तपाई लाई बिन्ति गर्दै यो पत्र लेख्न चाहन्छु । तपाईले हिजो मात्र एउटा बोलेको अभिब्यक्ति सुने र पढे तपाई ले भन्नु भएको रहेछ सुदुरपश्चिमेलीहरु उत्ताउला हुन्छन भनेर के भन्न खोजेको हो ? के को आधारमा बोल्नु भयो ?कि कोरोना भित्र्याए सुदुरपश्चिमेलीहरुले ?(बारम्बार हेपिएको मेरो सुप यस्तो बिपतिमा पनि जन्ता को मन टुट्ने गरि अभिब्यक्ति दिन मिल्छ र ?

सुदुरपश्चिमका ब्यक्तीलाई देशको महत्वपुर्ण स्थानमा पनि पुग्न नदिने सुपमा केहि प्रोजेक्ट पनि बन्न नदिने ! देश कै ठुलो घटना सुप मै घटेको थियो जुन कन्चनपुरमा १३ बर्षियाबालिका निर्मला पन्तका बलात्कारि र हत्यारा किन लुकाको आज सम्म यो राज्यले लुकाएको हैन र हैन भने सिङ्गो राज्य लाग्दा एउटा हत्यारा समात्न किन नसकेको ?अछाममा एक जनप्रतिनिधि वडा अधक्ष्य को ह्त्या भयको पनि धेरै भैसक्यो आज सम्म खै त्यो घटना पनि किन अनुसन्धान फितलो बनाइएको छ ? सुदुरपस्चिममा कुनै घटानामा राज्यको आखा नै पुग्छ नत सुपका कुनै पनि ब्यक्ति लाई उच्च ओहोदा को पद मा पुग्न दिन्छन ।

उल्टै सुदुर पस्चिम जन्ताहरुलाई अपमान हुनेगरी बोल्न मिल्छ ? सुप भारत नजिक रहेकोले अहिले सबैभन्दा उच्च कोरोनाको जोखिममा रहेको अवस्थामा सुनेको छु जम्मा कैलालिको धनगढिमा जम्मा एउटा भेनिटिलेटर को ब्याबस्था छ अब भन्नुस एउटा भेन्टिलेटर मा कति जना बिरामि लाई राख्ने ? अझै पहाडि जिल्लामा कोरोना चेक गर्ने किड्स पनि छैन ।महिनौँ देखि मान्छे जहाँको त्यहि थुनिएको छन । आफ्नो आमा बुवाको मृत्यु हुदा किरिया गर्न आफ्नो घर फर्कन सकेको छैनन ।

के यहि हो राज्य को दायित्व ? कम्तिमा सुरक्षित तरिकाले घर पुर्याउन किन सकिएन प्रधानमन्त्री ज्यु ? तपाईं को जन्मदिन को केक बोक्ने हेलिकोप्टर कहाँ छन ? नेपाल आर्मि, नेपाल प्रहरिका तेत्रो गाडि कहाँ गए ?कोरोना भन्दा भोकले जन्ता मर्न लागिसके ,यस्तो महान संकटको बेलामा सुदुरपश्चिम का जन्ताहरुलाइ बिशेष राहत दिनुको साटो उल्टै अपमान गर्नु भनेको खेद प्रकट प्रकट गर्नु हो ।

त्यसैले अन्तमा यति भन्छु समय मै प्रधानमन्त्री ज्यु सुदुरपश्चिमलाई सौतेनि ब्याबहार गर्न छोड्नुहोस नत्र भने तपाई को यस्तो सब्द यो लक डाउन बेलामा पनि सुदुरपस्चिमेलिहरु सडकमा आई तपाई को पुत्ला दलहन गर्नेछन । कान्तिपुर प्रेसबाट एकिन्द्र खड्का ,मंगलसेन ७ अछाम हाल दक्षिण कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय