Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा आकस्मिक अवस्थामा एम्बुलेन्स बोलाउनु परेमा के गर्ने ?

पछिल्लो समय कोरियाको नेपाली समुदायमा आकस्मिक निधन भएका घटनाहरु बढ्दै गैरहेका छन् । विशेषगरी हृदयघातका कारण अकालमै मृ*त्युवरण गर्नु परिरहेको अवस्था छ । हृदयघात होस् या अन्य जटिल किसिमका रोगहरु, शंका लागेमा हस्पिटल गएर जचाँउन कत्तिपनि ढिला गर्नु हुँदैन । अझ धेरै अवस्थामा आकस्मिक उपचारका लागि एम्बुलेन्स बोलाइहाल्नुपर्छ ।आजको लेखमा हामी कोरियामा आकस्मिक उपचारका लागि उपलब्ध क्लिनिक, हस्पिटल र तिनले दिने सेवाका साथै इमर्जेन्सीमा एम्बुलेन्स कसरी बोलाउने भन्नेलगायतका विषयमा जानकारी दिंदैछौं । यो जानकारी कोरियामा बस्ने सबै नेपालीहरुका लागि उपयोगी हुने भएकाले पढिसकेपछि सेयर गरेर सबैमाझ पुर्याउन सहयोग गरिदिनुहोला भन्ने अनुरोध पनि गर्दछौं

आकस्मिक क्लिनिक

सामान्य क्लिनिकको समयभन्दा बाहिरको समय र बिदाको समयमा यदी तपाइको अवस्था एम्बुलेन्स नै चाहिने जस्तो गम्भीर छैन तर मेडिकल उपचारको चाहीँ आवश्यकता छ भने आकस्मिक क्लिनिकमा जान सक्नुहन्छ ।

आकस्मिक क्लिनिक खोज्न 대한의사협회 भनिने korean Medical association को वेभसाईटमा हेर्न सक्नुहुनेछ।जस्तै तपाई ईन्छनमा बस्नुहुन्छ भने गुगलमा incheon Ward Medical Association लेखेर खोज्न सक्नुहुन्छ । अधिकांश वेवसाइट कोरियन भाषामा मात्र उपलब्ध हुने भएकाले यसबारे पनि विचार गर्नुपर्छ । अधिकांश यस्ता क्लिनिक विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खुल्छन् । सार्वजनिक विदाको दिन वा सप्ताहन्तमा यीनीहरु विहान ९ बजेदेखि साँझ पाँच बजेसम्म खुल्छन् । त्यहाँ जानु अघि पहिला त्यहाँ सम्पर्क गरेर जाँच गर्ने नगर्नेबारे जानकारी हासिल गर्नुपर्छ । पर्याप्त कर्मचारी र उपकरणको अभावका कारण यस्ता क्लिनिक जुनसुकै बेला पनि उपलब्ध हुन्छन् भन्ने चाही ग्यारेण्टी हुँदैन ।यति कुराको सुनिश्चित गरेपछि मात्रै क्लिनिकमा जानु उपयुक्त हुन्छ । यसमा सामान्य समयभन्दा केही समय बढी लाग्न सक्छ ।

आकस्मिक अस्पताल

अधिकांश अस्पतालमा ३६५ दिन र २४ सै घण्टा उपलब्ध हुने आकस्मिक कक्षहरु हुन्छन । यो आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता परेका बिरामीका लागि हो । आकस्मिक अवस्थामा नभएकालाई यहाँ उपचार गरिँदैन र उनीहरुलाई आकस्मिक क्लिनिक जान भनिन्छ । तपाइको अवस्थासम्बन्धी विज्ञ चिकित्सक आकस्मिक समयमा उपलब्ध नहुन पनि सक्छन् ।यस्ता कारणहरुले गर्दा आकस्मिक समयमा सही अस्पतालको खोजी गर्नु कठिन कार्य हुन सक्छ । यसका लागि स्थानीय शहरको आधिकारीक वेवसाइट हेर्न सकिन्छ । तपाइले सप्ताहन्तमा कार्यालयसमयभन्दा बाहिरको समयमा पनि खुल्ने आकस्मिक अस्पतालको सूची निकाल्नुपर्छ ।

खर्च

आकस्मिक क्लिनिक वा आकस्मिक कक्षमा आउँदा आफ्नो राष्ट्रिय स्वास्थ्य बिमा कार्ड (건강보험) कार्ड अथवा विदेशी परिचय पत्र ( (외국인등록증) र नगद दुवै बोकेर तयारी हालतमा आउनुपर्छ । कोरियाली स्वास्थ्य बिमाले उपचारको खर्च त भरपाइ गर्छ तर आकस्मिक सेवामा अतिरिक्त शुल्क लाग्ने भएकाले अरु बेलामा भन्दा केही बढी रकम बोकेर आउनु उपयुक्त हुन्छ । अस्पतालबाहिर एटीएम मेशिन त हुन्छ तर कहिलेकाहीँ तपाइ आफ्नो क्रेडिट कार्ड प्रयोग गर्न असमर्थ पनि बन्न सक्नुहुन्छ । त्यसैले नगद बढी नै बोकेर गएको राम्रो ।

एम्बुलेन्सलाई कसरी बोलाउने ?

आकस्मिक समयमा एम्बुलेन्सलाई बोलाउनका लागि ११९ डायल गर्ने । यसमा सम्पर्क गर्दा अग्नी विभागलाई (소방서) कनेक्ट हुन्छ र एम्बुलेन्स स्थानीय अग्नी स्टेशनबाट अलग्गिन्छ ।कहीँकतै अग्नि विभागमा अंग्रजी बोल्ने सञ्चालकहरु पनि हुन्छन् । आफ्नो ठेगाना बताउँदा स्पष्ट र विस्तारै भन्नपर्छ । सम्भव भएसम्म विरामी आफैंले ११९ मा सिधै सम्पर्क गरेर एम्बुलेन्स मगाउनु राम्रो हुन्छ । ल्याण्डलाइन, मोबाइल वा सार्वजनिक टेलिफोनबाट पनि सम्पर्क गरेर एम्बुलेन्सलाई बोलाउन सकिन्छ ।

कोरियामा बिरामीलाई एम्बुलेन्स प्रयोग गर्दा कुनै शुल्क त लाग्दैन तर स्वास्थ्य उपचारको शुल्क भने तिर्नुपर्छ ।छोटोमा एम्बुलेन्स बोलाउँदा यी शब्दहरू प्रयोग गर्नुस्:

१. थोवा जुसेयो (कृपया सहयोग गर्नुहोस्

२ . 응급 상황이 있습니다(आपतकालीन अबस्था छ।)
३. 심장 마비처럼 들린다 (हृदयघात जस्तो लाग्छ )

४. 주소 ……. 이에요 (ठेगाना …. हो )प्यारामेडिक्सले विरामीको अवस्था र उनीहरुको स्थान हेरेर अस्पतालको छनौट गर्छन् । सधैं तपाइले जान चाहेकै अस्पतालमा जान पाइन्छ भन्ने छैन । आकस्मिक अस्पतालमा प्राय कोरियन भाषीको आवश्यकता भने पर्न सक्छ ।यो खबर गुरुदत्त न्यौपानेले लेख्नुभएको हो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय