Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नक्कली परिक्षा दिई कोरिया आएका एक नेपालीलाई कोरियामा जेल चलान !

गुरुदत्त न्यौपाने

दक्षिण कोरियाको ईन्छन जिल्ला अदालतले नक्कली फोटो प्रयोग गरी,नक्कली ईपिएस भाषा परिक्षा दिई रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका एक नेपालीलाई ६ महिना काराबासको सजाय सुनाएको छ।

कोरियाको आप्रवासी नियन्त्रण ऐनको उल्लङ्घन गरेको आरोपमा ३४ बर्षिय एक नेपालीलाई ईन्छन जिल्ला अदालतका न्यायाधीश सिओक जुन ह्यप को ईजलाषले हिजो बुधवार उनलाई २ बर्ष कोरिया प्रवेशमा रोक तथा ६ महिनाको लागी कोरियामा जेल चलान गरिएको हो

उनले २०१७ जुन महिनामा भएको ईपिएस भाषा परिक्षामा कोरियन भाषामा दख्खल ब्यक्तीलाई प्रयोग गरी कोरियन भाषा पास गरेको,फर्जी कागजात पेश गरेर कोरिया आएको ,परिक्षा दिने व्यक्ति र आफ्नो फोटोलाई फोटोशप प्रयोग गरी अनुहार सिन्थेसाईज गरेको पाईएपछी अदालतले उनलाई यस्तो सजाय सुनाएको हो।उनले २०० पुर्णाङ्को उक्त परिक्षामा १७२ नम्बर ल्याएर पास गरेका थिय जुन परिक्षा नक्कली परिक्षार्थीले दिएका थिय।

न्यायधिषका अनुसार उनले कोरियाको ईमिग्रेशन कन्ट्रोल एक्ट विपरीत कार्य गरेकोले यस्तो सजाय सुनाईएको बताय।सजाय पाएका ब्याक्तीको परिचय भने गोप्य राखेको पनि जनाए।स्मरण रहोस यसअघि पनि धेरै नेपालीहरु नक्कली परिक्षा तथा फोटोको दुरुपयोग गरी कोरिया आएका पक्राउ परेका थिय।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय