Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

भिषा रद्द हुने चिन्तामा नेपाल फर्किएका कोरियावासी नेपालीको पिडा कसले सुन्ने?

File Photo

कोरियाका विभिन्न कम्पनीमा काम गर्ने नेपालीहरु विदामा आएकै परिस्थितिमा कोरोनाको कारण लकडाउन हुँदा ठूलो सङ्ख्यामा रोजगारी गुम्ने अवस्था सृजना भएको छ ।

 अहिलेको परिस्थितिलाई विचार गर्दै कोरियामा रहेका तर भिषा अवधि समाप्त भइसकेका नेपालीको हकमा थप ३ महिना अवधि स्वतः थप हुने व्यवस्था कोरिया सरकारले गरेको भएपनि नेपालमा आएकाहरुको हकमा नेपाल सरकार तथा कोरिया सरकारले दुवैले उपयुक्त व्यवस्था गर्न सकेको अवस्था छैन ।

कोरियामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका काठमाडौं (टोखा)का पुरु जोशी निर्धारित समयमा अाफु जसरी पनि कोरिया फर्केर काममा लागिसक्नुपर्ने बाध्यता रहेको बताउँछन् । यद्यपि अहिलेको अवस्थामा नेपाल लकडाउनमा भएको र विदेश फर्कन सम्भव नदेखेको बताउँदै उनले समयमा पुग्न नसके विजनेश भिषा नै रद्द हुने र करोडौं रकम डुब्ने बताउँछन् । यसकारण उनी निकै चिन्तामा छन् । अहिले नेपाल फर्किएका सबै कोरियावासीहरु यही चिन्तामा छन् । सबै व्यवसायी गरी अरबौंको लगानी डुब्न सक्ने तर्फ सरकारले पनि विशेष ध्यान दिनु जरुरी रहेको उनीहरुको रोदन पनि तर्कसङ्गत नै छ ।

 

विनाेद चापागाइ

कोरियामा रहेर व्यवसाय गर्दै आएका अर्का व्यक्ति हुन् विनोद चापागाईं । सरकारले तत्काल उपयुक्त व्यवस्था गर्न सकेको खण्डमा मात्र आफूहरुको रोजगारी तथा व्यवसाय सुरक्षित हुने भन्दै राज्यले तत्काल काेरिया फर्कने वातावरण मिलाइदिन अाग्रह गर्छन् । नेपालमा विदा मनाउन अाएका कोरियावासी नेपाली पुःन कोरिया जान नपाउने हो भने यसबाट मुलुकमा ठूलो आर्थिक भार थपिन जाने बताउँदै  स्वदेशमा रोजगारी व्यवस्थापन राज्यको लागि अर्को टाउको दुखाइको विषय हुने धारणा व्यक्त गर्छन् ।

 

उपयुक्त समाधान के हुन सक्छ भन्ने प्रश्नमा व्यवसायी चापागाईं काेरिया जान चाहने व्यक्तिहरूलाइ अाफैं विमान चार्टड गरेर सुरक्षित तवरले गञ्तव्य मुलुक जान सक्ने गरी अनुमति दिन उपयुक्त हुने बताउँछन् ।

सरकारले तत्काल यस परिस्थितिलाई गम्भीर रुपमा लिएर आवश्यक व्यवस्था गर्न नसकेको अवस्थामा स्वत राेजगारी गुम्ने अवस्था रहेकाे प्रति विचार गर्दै गम्भीरताकाे साथ कदम चाल्नुपर्ने बताउनुहुन्छ ।

 

स्मरण रहाेस् अहिले नेपालमा विभिन्न व्यवसायमा संलग्न करिब ४० जना, इपिएस कामदारकाे रूपमा काेरिया गएका करिब ३ सय, विद्यार्थी भिषामा काेरिया गएका करिब १ सय व्यक्तिहरूकाे अलावा  कमिटेड कामदार (४ बर्ष पूरा गरेर पुनः काममा बाेलाइएका) समेत ठूलाे सङ्ख्यामा नेपालमा नै छन् । काेराेना भाइरसबाट सुरक्षित तरिका अपनाएर काेरियामा विद्यार्थीहरूकाे अध्ययन निरन्तर चलिरहेकाे छ भने कामदार तथा व्यवसायीहरूका गतिविधि समेत काेरियामा  राेकिएका छैनन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय