Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले १८ हजार भन्दा धेरै इपिएस कामदारको भिसा थप गर्यो

दक्षिण कोरियाले १८ हजार भन्दा धेरै इपिएस कामदारको भिसा थप गरेको छ l श्रम तथा रोजगार मन्त्रालयका अनुसार मंगलबार सम्म भिसा थपको लागि निबेदन आएका १८ हजार ५ सय ८ जना इपिएस कामदारको ५० दीन भिसा अबधि थप भएको हो l

कोभिड१९ का कारण इपिएस लागु भएका अधिकांस देश बाट कामदार भित्रिने क्रम रोकिएपछि  कोरियामा कामदारको अभावलाई पूर्ति गर्न उक्त समयावधि थपेको बताएको छ l अधिकांस रोजगारदाताहरुले समेत कामदारको भिसा थपको लागि अनुरोध गर्दै आएका थिए l  

“यो रोजगार दाता र  कामदार दुबैको लागी आबस्यकता हो l यसले रोजगार दातालाई कामदारको अभाबको पुर्ति गर्ने छ भने कामदारलाई पनि आफ्नो दैनिक जीवन यापनमा थप सहज बन्न जानेछ  ” श्रम तथा रोजगार मन्त्री ली जेइ गपले एक बक्तव्यमा भने l

कोरियामा भिसा अबधि सकिनै लाग्दा कोभिड-१९ का कारण  स्वदेश फर्किन अन्योलमा परेका कामदारलाइ  ५० दिने भिसा थपको नीतिले केहि राहत मिल्ने  देखिन्छ l

कोरियामा रहेका कामदार बाहेक अन्य भिसा  बाहकको लागी भने बिना निबेदन अटोमेटिक ३ महिनाको भिसा थप हुने न्याय मन्त्रालयले बताएको छ l किसन गौतमको हेल्लोनेपालकोरियामा रिपोर्ट छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय