Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट फर्केका धादिङका एक युवामा र्‍यापिड टेस्टको नतिजा पोजेटिभ, काठमाडौं पठाउने तयारी

दक्षिण कोरियाबाट फर्केका धादिङको ज्वालामुखी गाउँपालिकाका २८ वर्षीय युवाको र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

आफू कोरियाबाट फर्केको ४० दिन भएको बताउने उक्त युवाको आज र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको वडा नम्बर ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले जानकारी दिए।

उनले युवकलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको बताए।

‘एम्बुलेन्स तयारी हुँदैछ। केहीबेरमा टेकु अस्पताल पठाउँदैछौं,’ उनले भने।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय