Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा क्लब तथा डान्स बार हरु अनिश्चितकालका लागी बन्द !

सोल-दक्षिण कोरियामा कोरोना रोकथामका लागि अनेक प्रयासहरु भइरहेका छन् । उसले लक डाउन नगरि कसरि कोरोना संक्रमण फैलिन नदिने भन्ने बारे अनेकौँ अभ्यासहरु गरिरहेको छ ।सोही अभ्यासको अर्को रुप ‘सोसियल डिस्टेन्सीङ ‘हो । हालै कोरियाको राजधानी शहर सोलमा सोही अभ्यासलाई सहयोग गर्न शहरका मेयर पार्क अुन सुनले सोल शहरका सम्पूर्ण क्लवहरु बन्द गर्न निर्देशन दिएका हुन् ।

मेयर सुनका अनुसार सोलमा हाल २१४६ नाइट क्लवहरु सञ्चालनमा छन् । सरकारको निर्देशन पछि ति मध्ये धेरैले आफ्नो व्यवसाय बन्द गरेका छन् भने ४२२ वटा क्लव तथा बारहरु भने अझ पनि सञ्चालनमा रहेका छन् ।सुनका अनुसार सरकारको निर्देशन पश्चात पनि ति बारहरु सञ्चालन गरिनु दुःखद भएको बताउदै

Trip

अब ति पनि अनिवार्य बन्द गरिनु गर्ने बताएका हुन् ।सोलस्थित ग्याङम्यान बारमा काम गर्ने एक कर्मचारी तथा बार सञ्चालक नै कोरोना संक्रमित पाइए पश्चात मेयर सुनले कडा निर्देशन जारी गर्दै शहरका सम्पूर्ण बार बन्द गर्न निर्देशन दिएका हुन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय