Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले फ्री भिसा प्रवेश बन्द गर्ने, नेपाल पनि प्रभावित

सोल-दक्षिण कोरियाले आफ्नो देशसँग कोरोना संक्रमणका कारण हवाई सम्पर्क विच्छेद गरेका देशका नागरिकहरुलाई अस्थायी रुपमा भिसा नदिने भएको छ ।कोरियाली परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले चाँडो भन्दा चाँडो सो निर्णयलाई कार्यान्वयन गर्ने बताइएको छ ।हाल कोरियामा कोरोना संक्रमणको मुख्य कारक विदेशबाट कोरिया आउने

स्वदेशी तथा विदेशी नागरिक रहेको र उनीहरुमा संक्रमण दर समेत उच्च भएका कारण सरकारले सो अस्थायी बन्देज लगाउन लागेको हो ।तत्कालका लागि दक्षिण कोरियाको सो निर्णय आफ्नो देशका यात्रुहरुलाई प्रतिवन्ध लगाउने मुलुकहरुमा केन्द्रित रहने तथा भविष्यमा कोरोना संक्रमणको दर तथा स्थिति हेरेर

अन्य देशहरुसँग पनि सो निर्णय कार्यान्वयन गरिने दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन् ।हालसम्म कोरिया सरकारले चीनको हुवान बाहेक अन्य कुनै पनि क्षेत्रका हवाई यात्रालाई बन्द नगरेको जनाउदै अधिकारीले आगामी दिनमा कोरोना संक्रमण निश्तेज नहुन्जेल कोरियाली हवाई निकायले अन्य देशहरुले आफ्नो देशको हवाई क्षेत्रलाई गर्ने ब्यवाहारको आधारमा आफूले एक्सन लिने पनि स्पस्ट पारेको छ ।

कोरियाली अधिकारीहरुका अनुसार हालसम्म १ सय ४८ देशहरुले कोरियाको उडानलाई पूर्ण निषेध गरेका छन् । कुल १० हजर ३४० जना संक्रमित तथा २०० जनाको मृत्यु भइसकेको कोरियाली नयाँ हवाई रणनितिका कारण नेपाल समेत प्रभावित हुने देखिएको छ ।नेपालले विगत २ साताबाट चार्टर बाहेकका सम्पूर्ण उडानहरु ठप्प पारेको अवस्थामा कोरियाको सो निर्णयबाट नेपाल पनि प्रभावित हुन सक्ने छ ।

नेपालको बारेमा स्पस्ट केही नबताइए तापनि कोरियाली सरकारले तत्कालका लागि आफूलाई बन्द गर्ने १ सय ४८ मध्ये ६६ देशबाट हुने अन अराइभल तथा इन्ट्री फ्री भिसा बन्द गर्ने कोरियाली परराष्ट्र मन्त्रालयले जनाएको छ ।हटपाटीबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय