Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

क्वारेन्टाइन सम्बन्धी नियम नमान्ने ८ जना बिदेशीलाई कोरिया प्रवेशमा निषेध गरि स्वदेश फिर्ता

दक्षिण कोरियाले कोभिड – १९ नियन्त्रण गर्नको लागी गत मंगलवार राती १२ बजेदेखी लागु हुनेगरी लागु गरेको क्वारेन्टाईन सम्बन्धी नियम नमान्ने ८ जना विदशी नागरिकलाई प्रवेश निशेध गरी स्वदेश फिर्ता गरेको छ।नयाँ परिवर्तित नियम अनुसार विदेशबाट कोरिया प्रवेशगर्ने स्वदेशी तथा विदेशी नागरिकलाई अनिवार्य सेल्फ आईसोलेसनमा बस्ने बाध्यात्मककारी नियम लागु भएसंगै

उक्त नियम परिधीमा बस्न अस्वीकार गर्ने विदेशी नागरिकलाई स्वदेश फिर्ता गरिदिएको कोरियाको न्याय मन्त्रालयले जनाएको छ।नयाँ लागु भएको क्वारेन्टाईन नियममा विदेशबाट कोरिया आउने हरेक नागरिकलाई अनिवार्य आफ्नो घरमा वा घर नहुनेलाई सरकारले व्यवस्था गरेको क्वारेन्टाईन स्थलमा अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्नैपर्ने हुन्छ।

Trip

आफ्नो घर तथा बस्ने व्यवस्था नहुनेले सरकारले ब्यबस्था गरेको क्वारेन्टाईन स्थलमा बस्दा दैनिक ८२$ करिब १ लाख कोरियन वोन तिर्नुपर्ने हुन्छ।सबै कोरिया प्रवेश गर्ने नागरिकले अनिवार्य मोवाईलमा एप्स डाउनलोड गर्नुपर्ने हुन्छ,जसको माध्यमबाट रियल टाईममा उक्त व्याक्ती क्वारेन्टाईन नियम पालना गरेको छ वा छैन,जथाभावी हिडको छ छैन भन्ने पत्ता लगाउन सक्ने बताईएको छ।यो समाचार गुरुदत्त न्यौपानेले लेखेका हुन ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय