Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपालमा कोरोना परीक्षण उपकरण पठाउनको लागी NRNAकोरियाको अभियानलाई सहयोग गर्न अनुरोध

सौल दक्षिण कोरिया
चीनको वुहाना बाट शुरु भएको कोरोना भाइरसले विश्वनै आक्रान्त बनाएको छ । बिशेष गरि अर्थब्यबस्था मजबुत भएका मुलुकमा हजारौंको संख्यामा देखिएको कोरोना भाईरसले हाम्रो देश नेपालमा पनि कोरोना संक्रमण पूर्ण रुपमा जोगिन सकेन। नेपालमा आजसम्म ३ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ भने यो क्रम बढ्न सक्ने अनुमान गरिएको छ ।
यसैलाई मध्यनजर गर्दै देश दुखेको बेलामा असल नागारिकको कर्तब्य पुरा गर्न परदेशबाट सरकारलाई सहयोग गर्नको निमित्त एन आर एन दक्षिण कोरिया लगायत कोरियामा स्वतन्त्र सामाजिक अभियान्ताहरु संयुक्त अभियानमा एन आर एन ए कोरियाका उपाध्यक्ष यदु लामिछानेको संयोजकत्वमा समिति बनाई अभियानको संचालन गरेको छ । दक्षिण कोरियाबासी नेपालीहरुसंग सहयोग संकलन गरि छिटोभन्दा छिटो दक्षिण कोरियाबाट कोरोना नियन्त्रणमा आवश्यक उपकरणहरु पठाउने निर्णय गरेका छौं । तपाईहरुले दिनुभएको सहयोगलाई अत्यन्तै पारदर्शी हिसाबले सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्दता ब्यक्त गर्दै सहयोग संकलन अभियानका संयोजक यदु लामिछानेले यो दुखद घडीमा सम्पूर्ण कोरियाबासी नेपालीहरुले सहयोग गर्ने अनुरोध गर्नुभेको छ ।
कोरियाबासी जनसमुदायले राज्यमा परेको बिपत्तिमा सहभागि भई सहयोग गरिदिन हुन समितिले अनुरोध गरेको छ।प्रति किट्स २० डलर पर्ने एन आर एन ए कोरियाका अध्यक्ष यज्ञराज सुबेदिले जानकारि गराउनु भयो ।सबैतिर सोध खोज र कानुनि परामर्शका साथै कोरियाको किट्सको नेपालमा प्रयोग हुने बारेमा , उक्त किट्सको चेक पनि गरिसकिएको कुरा पनि जानकारि गराउनु भयो।साथै किट्स निर्माता कम्पनिसगं आवश्यक परामर्श गरिसकेको र सामान अंडर गर्न मात्र बाकि रहेको कुरा अध्यक्ष ज्युले जानकारि गराउनु भयो।कोरियामा रहेको ४००००मध्ये २००० जनाले मात्र एक किट्सको दरले सहयोग गर्नु भएमा पनि नेपालमा हालको समस्यामा केहि राहत हुने देखिन्छ ।कोरियाबासि मानुभाबहरु अत्यन्तै मनकारि भएकोले दिल खोलेर सहयोग गर्नु हुनेमा यस अभियानका संयोजक तथा nrnaका उपाध्यक्ष यदु लामिछानेले आशा भएको कुरा बताउनु भयो।
संयोजक। यदु लामिछाने
अभियन्ताहरु सहकोषाध्यक्ष सन्तोष खड्का
महिला संयोजक। सुभद्रा पालुङवा
सचिब मनोज गौतम
स्वतन्त्र अभियान्ताहरुमा – गुरुदत्त न्यौपाने, मिन बिक, राजु श्री ,डोलिन के सी, अर्जुन बराल रहेका छन् ।

सहयोगको लागी

HANABANK : 259-91020583305

NAME: 주한네팔인 협회 nrna

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय