Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा कोरोना नियन्त्रणनजिक,सङ्क्रमितको संख्या चार हप्ताकै कम

विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी चीन र  दक्षिण कोरियामा नियन्त्रणनजिक पुगेको छ । कोरोना नियन्त्रणका लागि चीनकै लयमा दक्षिण कोरिया देखिएको छ ।

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या चार हप्तायताकै कम पाइएको बीबीसीले जनाएको छ।

पछिल्लो २४ घन्टामा दक्षिण कोरियामा ६४ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् ।

तर नयाँ सङ्क्रमितको संख्या घटे पनि कोरोना विरुद्धको लडाईं अन्त्यका लागि ठूलो संघर्ष बाँकी रहेको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

कोरियामा अहिलेसम्म आठ हजार नौ सय ६१ जना सङ्क्रमित भएकामा एक सय ११ जनाको ज्यान गएको छ । सङ्क्रमित तीन हजार एक सय ६४ जना उपचारपछि निको भएका छन् ।

कोरियामा हेरक दिन झण्डै २० हजार जनाको स्वास्थ्य परीक्षण भइरहेको छ । त्यहाँ सार्वजनिक र निजी प्रयोगशालाको सञ्जाल बनाइएको छ ।

जहाँ कोरोनाको लक्षण देखिएका बिरामी उपचारका लागि जाने गरेका छन् । उनीहरुको लागि यातायातको समेत व्यवस्था मिाइएको छ ।

सन् २०१५ मा मध्यपूर्वमा फैलिएको ‘मेर्स’ रोगको प्रकोपका कारण ३६ जनाको ज्यान गएपछि दक्षिण कोरियाले स्वास्थ्य उपचारका लागि उल्लेख्य विकास गरेको थियो ।

सरकारले सङ्क्रमितको नजिक रहेका मानिसको मोबाइलमा स्वचालित रूपमै सूचना पठाउने व्यवस्थासमेत गरेको छ । यसले कुनै मानिसको परीक्षणमा कोरोना भाइरस देखिएमा सूचना दिने गरेको र यसबाट धेरै मानिसले आफूलाई सुरक्षित गर्न सकेका छन् ।

दक्षिण कोरियाले मुख्य विमानस्थल इन्चानमा २० वटा परीक्षण बुथको स्थापना गरेर परीक्षणको नतिजाअनुसार देश भित्रिने नागरिकलाई राख्ने तयारी पनि गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार दक्षिण कोरियामा ९ हजार ३७ जना सङ्क्रमित भएका छन् भने १२० जनाको ज्यान गएको छ । ३ हजार ५ सय ७ जना उपचारपछि निको भएका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय