Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कोरोना सङ्क्रमण निरन्तर घटदै !

केहि साता अघि कोरोनाबाट सवैभन्दा बढी प्रभावित बनेको दक्षिण कोरियामा संक्रमण दर घट्दै गएको रिपोर्ट आएको छ । ४ साता अघि कोरिया चीन पछि सवैभन्दा बढी संक्रमित मुलुक बनेको थियो ।पछिल्लो २४ घण्टामा कोरियामा ६४ वटा नयाँ केश रेकर्ड भएको छ । यो सँगै कोरियामा भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ८ सय ६१ पुगेको छ भने मृतक संख्या १ सय १४ पुगेको छ ।

 

तर स्वास्थ्य अधिकारीले मुलुक संक्रमण विरुद्धको लामो युद्धमा रहेकोले संक्रमण घट्दैमा सन्तुष्ट हुने अवस्था नभएको चेतावनी दिएका छन् ।कोरियामा जनवरीको पहिलो सातामा भाइरसको संक्रमण भेटिएको थियो । त्यसपछि थेगु शहरको चर्चमा प्रभूले भाइरस संक्रमण निको पार्ने भन्दै भाइरस एक अर्कामा सारेपछि प्रकोप ह्वात्तै बढेको थियो ।

सरकारले चर्च, गुम्बा लगायतका धार्मिक स्थल बन्द गर्न निर्देशन दिदै कडा निगरानीमा राखेपछि पछिल्लो समय संक्रमण दर घटेको हो । तर संक्रमित मुलुकबाट फर्केका कोरियनमा भाइरसको संक्रमण भेटिने सम्भावना कायम रहेकोले संक्रमित संख्या नरोकिने बताइएको छ ।हेल्ल नेपाल कोरिया डटकम बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय