Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

उत्तर कोरियामा मास्क नलगाई यात्रा गर्न प्रतिबंध

प्योङयाङ्ग – विहिवार एक सार्वजनिक सुचना जारी गर्दै उत्तर कोरियाले मास्क नलगाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न प्रतिवन्ध लगाएको छ । कोरोना संक्रमणका कारण सिङ्गो विश्न आक्रान्त भएको बेला उत्तर कोरियाले आफ्नो देश तथा नागरिकको सुरक्षाका लागि भन्दै सार्वजनिक सवारीमा मास्क अनिवार्य गराएको हो । उत्तर कोरियाका अनुसार हालसम्म कोरोना संक्रमणका कुनै विरामीहरु फेला नपरे तापनि उसले हजारौं मानिसहरुलाई स्वास्थ्य कर्मीहरुको निगारानीमा राखेको छ । कोरोना भाइरसको संक्रमण सुरु भए यता नै उत्तर कोरियाले आफ्ना सम्पूर्ण नाकाहरु बन्द गरिसकेको थियो भने हवाई मार्गबाट यात्रा गर्ने यात्रुहरु माथि पनि कडा निगारानी राख्दै आएको छ । समाचारमा जनाइए अनुसार अब उत्तर कोरियाको सार्वजनिक यातायात जाने जो कोहिले पनि आफ्नो शरिरको तापक्रम जचाउनु पर्ने छ । यदि कसैमा शंका लागेमा उनीहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गराइने छैन । यता सरकारले उत्तर कोरियाली रेलवे विभागलाई आफ्ना सम्पूर्ण रेलहरुमा क्वारेन्टाइन कक्ष राख्न निर्देशन समेत दिएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय