Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

बिदेशी नागरिकलाई लिन कोरियन एयर खाली भएपनि नेपाल जादै ,नेपालले भने आफ्नै नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगायो

सौल दक्षिण कोरिया
नेपाल सरकारले कोरिया लगायत विभिन्न देशका सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा प्रतिबन्ध लगायपछि दक्षिण कोरियाली जहाज कम्पनि कोरियन एयरका उडानहरु प्रभावित भएको छ ।कोरियन एयरले नेपाली यात्रुहरुलाई प्रबेशमा प्रतिबन्ध लगायपछि खाली भएपनि नेपालबाट कोरिया आउन टिकट काटेका यात्रुहरुलाई लिनकै लागी नेपाल जाने निर्णय गरेको छ ।
23 मार्च र 30 मार्चमा कोरियाबाट खाली जहाज काठमाडौं पुगेर काठमाडौबाट मात्र यात्रु लिएर उडान गर्ने निर्णय गरेको जानकारी दिएको छ। मार्च ३० पछि अप्रिल 12 सम्म उडान रद्द भएको छ। २३ र ३० मा समेत कोरियाबाट यात्रुलान नमिल्ने हुनाले जहाज बिना यात्रु जाने लिंक एसिया टुरले जानेको छ ।
मार्च १९ देखि कोरिया प्रवेश गर्ने जो कोहीलाई पनि १४ दिनसम्म अनिवार्य क्वारेण्टाईनमै बस्ने पर्ने भनेको छ । तर नेपालले भने आफ्नै नागरीकलाई पनि नेपाल प्रबेशमा प्रतिबन्ध लगायकोमा कोरिया स्थित नेपाली समुदायले सरकारको चर्को बिरोध जनाएका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय