Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरिया लगायत बिभिन्न देशबाट २० मार्च २०२० मध्य रातदेखि नेपाल जान प्रतिबन्ध।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने लगभग सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ।

‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ निर्णयमा भनिएको छ।

उक्त निर्णयअनुसार ती मुलुकबाट कुनै पनि यात्रु नेपाल आउन नपाउने भएका छन्।‘सबै यात्रु भनेपछि नेपालीहरू पनि परिहाल्नु भयो नि,’ एक मन्त्रीले सेतोपाटीसँग भने।

Trip

दक्षिण कोरिया, जापान, मलेसिया, युएई, कतारलगायतका मुलुकमा धेरै नै नेपाली वैदेशिक रोजगारीका शिलशिलामा रहेको छन् ।

निर्णयअनुसार अमेरिका, अष्ट्रेलियामा रहेका नेपाली सिंगापुर वा बैंकक ट्रान्जिट भएर जान सक्ने देखिएको छ। तर सरकारले यसबारे स्पष्ट रूपमा भनेको छैन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय