Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले कोरोना भाईरस बिरुद्द जित हासील गर्दै, ८३४ जनाको सफल उपचार पछि घरफिर्ता

दक्षिण कोरिया ,
दक्षिण कोरियाले कोरोना भाईरसलाइ निर्मुल पार्नको लागी भाइरस बिरुद्द युद्द घोषणा गरेर लागी परेको छ । हालसम्म कोरियामा ८३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको सफल उपचार पछि घरफिर्ता भएका छन् ।
हालसम्म दक्षिण कोरियामा ८१६२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने ७५ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । केहि दिन अगाडी कोरियाको ब्यस्त सहर सउलको गुरो स्थित एक कल सेन्टरमा भाइरसको संक्रमण पुष्टि भएपछी यो संख्यामा केहि बृद्दी भएतापनि शुरुका अबधिमा दैनिक रुपमा जुन मात्रामा कोरोनाको संक्रमण भएको थियो त्यस्तो नभएर यो संख्या घट्दो क्रममा रहेको छ ।

हालसम्म ख्यंगीप्रान्तमा २११ जना , इन्छनमा ३० जना ,सउलमा २७४ जना, खान्ग्वनमा२९ जना , छुन्बोकमा ३१ जना , सेजोंगमा ३९ जना , छुङ्गनाम ११५ जना, ठेजनामा २२ जना छंबोकमा ७ जना , ख्वांगजुमा १६ जना छन्नाममा ४ जना, ख्यंगनाममा ८५ जना , पुसानमा १०६ जना,उल्सानमा २८ जना रहेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय