Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाली नागरिकलाई १३६ देशले प्रवेश निषेध

सौल दक्षिण कोरिया ,
कोरोना भाईरसको कारण दक्षिण कोरियाका नागरिकहरुलाई विभिन्न देशहरुले प्रवेश निषेध गरिरहेका छन् यो क्रम बढिरहेको छ । हालसम्म १३६ देशले दक्षिण कोरियाली नागरिकलाई प्रवेश निषेध गरेका छन ।
कोरियाली सरकारले अत्यधिक अध्यागमन प्रतिबन्धबाटलाइ खुल्ला गर्नको लागी केहि देशका सरकारलाई आग्रह गरेको छ । विभिन्न देशमा रहेका कोरियाली कम्पनीहरू र स्वास्थ्य स्वामित्व भएका व्यवसायिक मालिकहरूसँग २० देशहरूमा मात्र अपवादको लागि अनुमति दिन कुराकानी गरिरहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान ९ बजे सम्म मात्रै ६१ देशलेर उक्त देशका विभिन्न क्षेत्रहरुले कोरियाली प्रवेश गर्न प्रतिबन्ध लगाएका छन् ।
विशेष रूपमा, नउरु, निउ, मार्शल टापु, माइक्रोनेसिया, मलेशिया, मंगोलिया, भानुआटु, भुटान, सामोआ, सामोआ (अमेरिका), सोलोमन टापु, सिंगापुर, कुक टापु, किरिबाती, टुभालु, फिजी, अष्ट्रेलिया, ग्वाटेमाला, ग्रेनाडा, बहामास, हैती, एल साल्भाडोर, होन्डुरस, जमैका, कोलम्बिया, त्रिनिदाद र टोबियागो, नर्वे, डेनमार्क, लाटभिया, मोन्टेनेग्रो, मोल्डोभा, बोस्निया र हर्जेगोविना, साइप्रस, स्लोभाकिया, उज्बेकिस्तान, युक्रेन, चेक गणराज्य, कजाखस्तान, किर्गिजस्तान, टर्की, पोल्याण्ड, हंगेरी, लेबनान, साउदी अरब, ओमान, जोर्डन, इराक, इजरायल, कतार, कुवेत, प्यालेस्टाइन, गेबोन, मडागास्कर, मॉरीशस, सेशेल्स, सुडान, अंगोला, इक्वेटोरियल गुयना र कोमोरोजले कोरिया प्रवेश गर्न प्रतिबन्ध लगाए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय