Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया स्वास्थ्य सेवामा विश्वकै दोस्रो स्थानमा,कोरियामा हुनेहरु कोरोनाबाट डराउनु पर्दैन

स्वास्थ्य सेवाको दृष्टिकोणले दक्षिण कोरिया विश्वकै दोश्रो स्थानमा पर्ने गर्छ । अस्पतालहरुको डीजाईन ,मुल्यांकन,सुरक्षा,रणनिति,स्वास्थ्य सावधानी लगायतका आधारमा अनुसन्धान गरिएको थियो ।

पहिलो स्थानमा स्वास्थ्य सावधानी सुचाकाङ्क ८६।७१ सहित ताइवान रहेकोमा ८१।९७ सुचाकाङ्क सहित दोस्रो स्थानमा दक्षिण कोरिया रहेको छ । त्यसगरी जापान तेस्रो स्थानमा डेनमार्क चौथो हुँदै नेपाल ६४ स्थानमा पर्ने गर्छ ।
बिगत केहि महिनादेखि चीनको वुहान छेत्रबाट फैलिएको कोरोना भईर कोरियामा पनि तिब्र गतिमा फैलिरहेको छ ।

यसले गर्दा कोरियामा बसोबास गर्दै आएका विदेशीहरुमा त्रास बढेको छ । तर कोरियाली सरकारले यस भाइरस बिरुद्द युद्दको घोषणा गरेर भाइरस निर्मुल पार्न सम्पूर्ण तवरले लागी परेको छ । केहि संचार माध्यमहरुले बिदेशीहरु भाइरसको कारणले भन्दा पनि कोरियन नागरीकहरुले मास्कको प्रयोग नगरिदिदा आतंकित बनेको भनेर समाचार आईरहेको थियो , यो सत्य पनि हो । कोरियन नागरिक र बिशेष गरि चर्चहरुको लापरबाही र अन्धविश्वास कारण कोरोना भाईरसको संक्रमण फैलिएको सरकारले ठहर गरेको छ ।
सरकारले भाईरस बिरुद्द युद्द घोषणा गरेर लागी परेको हुँदा कुनै पनि बिदेशीहरु त्रशित हुन आवश्यक छैन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय