Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट नेपाल फर्किदा अनिवार्य घरमै क्वारेनटाइनमा बस्नैपर्ने

सउल दक्षिण कोरिया,सरकारले कोरोना प्रभावित देशबाट नेपाल आउने नेपालीहरुलाई १४ दिन अनिवार्य घरमैक्वारेनटाइनमा बस्नुपर्ने निर्णय गरेको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट नेपाल आउने जोकोहीलाई अनिवार्य आफू स्वस्थ भएको स्वास्थ्य प्रमाणपत्र सहित १४ दिन सम्म क्वारेनटाइनमा बस्नुपर्ने निर्णय गरेको हो ।

 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले पाँचदेशबाट आउने पर्यटक कथा त्यहाँ रहेका नेपालीहरुलाई नेपाल प्रवेश गर्दा अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र नेपाल प्रवेश गर्न दिने र १४ दिन घरमै क्वारेनटाइनमा बस्नुपर्ने जानकारी दिनुभयो । उहाँले विदेशमा स्वास्थ्य परिक्षण गर्दा ७ दिन भित्रको प्रमाणपत्रलाई मात्र मान्यता दिइने उल्लेख गर्नुभयो ।

यसैबीच सरकारले दक्षिण तर्फको नाकामा पनि कडाइ गर्ने जनाएको छ । भारतको स्थलमार्ग हुँदै आउने विदेशीलाई प्रवेशमा रोक लगाएको छ । कोरोना अति प्रभावित पाँच मुलुक बाहेकका नागरिकलाई समेत स्थलमार्ग हुदै आउन रोक लगाएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय