Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सोचेको भन्दा असल र इमान्दार पनि छन कोरियाका मालिक

कोरियाली मालिक आफ्नो कामदार भेटन नेपाल आएपछी!

काठमाडौं : सामान्यतया औद्योगिक परिवेशमा कामदार र मालिकको सम्बन्ध विपरित स्वार्थमा अडिएको वा टिकेको मानिन्छ तर कोरियाका एक रोजगारदाता यो मान्यताको विपरित देखिएका छन् । उनी आफ्नो कम्पनीमा काम गरेर बिदामा नेपाल आएका एक कामदार बिरामी भएको खबर पाएपछि सहयोग र सहानुभुतिका लागि आफु स्वयं नेपाल नै आएर भेटेका छन् । ती कोरियाली रोजगारदाताको कामदार मैत्री व्यवहार देखेर सियोलस्थित नेपाली दूतावासका काउन्सेलर श्रम डिल्लिरामा बास्तोला आफ्नो हृदय नै पग्लिएको बताउँछन् ।

आफ्नो कम्पनीमा कार्यरत कामदार भेट्न नेपाल आएका कोरियाली रोजगारदाता किम जोङ चान बुधबार काउन्सेलर श्रम बास्तोलालाई भेट्न सियोलस्थित नेपाली दूतावास पुगेका थिए । उनी कोरियामा सानो आकारको क्रुज निर्माण गर्ने वाइ एण्ड आई क्रुज सिप कम्पनीका एक्जुकेटिभ डाइरेक्टर हुन् । उनको कम्पनी कोरियाको क्युगनाम तोङयुङमा रहेको छ । उनको कम्पनीमा ९ जना विदेशी कामदार कार्यरत छन् । उनीहरु सबै नेपाली कामदार हुन् । मेहनती र इमान्दार नेपाली कामदारको स्वभावका कारण किम पहिले देखि नै नेपाली कामदारबाट प्रशन्न र प्रभावित रहेका थिए । उनी नेपाली कामदारहरुको बारेमा बुझ्न पहिलो पटक सन् २०१७ मा नेपाल आएका थिए । दोश्रो पटक उनी सन् २०१९ मा आए ।

कम्पनी कामको सिलसिलामा दुर्घटनामा परी घाइते भएका राम बहादुर नेपालमा पनि मोटरसाईकल दु’र्घटनामा परेपछि उनी रोजगारीका लागि पुनः कोरिया जान सकेनन् । राम बहादुर कोरिया जान नसक्ने भएपछि किम आफ्नो कम्पनीका लागि काम गर्ने राम बहादुरलाई भेट्न नेपाल नै आए । काउन्सेलर श्रम बास्तोलाले भने, ‘बुधबार उनी मेरो कार्यालयमा आएका थिए, छोटो कुराकानी भयो । तर उनको कामदार मैत्री व्यवहार र नेपाल प्रतिको धारणाले म बास्तवमै अति उत्साही भएँ । उनलाई उपहार स्वरुप नेपाल भ्रमणवर्ष २०२० को प्रवद्र्धन सामग्री र बुद्धको सानो मुर्ति दिएँ ।’

दक्षिण कोरिया नेपाली कामदारको आकर्षक रोजगार गन्तव्य हो । ईपिएस भाषा परीक्षा प्रणाली लागू भएको सन् २००८ देखि हालसम्म झण्डै पाँच लाख युवा रोजगारीका लागि कोरिया जानकै लागी लाखौं लगानी गरेर भाषा परीक्षामा सामेल हुने गरेका छन्। कोरिया मा आप्रवासी कामदार मध्ये इमान्दार र मेहनती कामदार हैसियत बनाएका नेपाली कामदारलाई त्यहाँका रोजगारदाताले विश्वास गर्दै आएका छन् । नेपाली कामदारले मासिक एक लाख ५० हजारदेखि साढे दुई लाखसम्म कमाउँदै आएका छन् । नेपालमा उच्च शिक्षा हासिल गरेका युवाहरुका लागि समेत आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको कोरियामा विगत एक दशकमा करिब ६० हजारले रोजगारी पाएका छन् ।

तर सबै कामदारका लागि मुन जस्ता रोजगारदाता फेला पर्दैनन् । जसका कारण कामदार सधैंभरी त’नावमा रहने गर्छन् । पछिल्लो समय कोरियामा विभिन्न कारणबाट मृ’त्यु हुने नेपालीको संख्या बढ्दै गएको छ । धेरै कमाएर पठाउनुपर्ने घरको द’वाव र कडा काम गर्नुपर्ने बा’ध्यतामा रहने केही नेपाली कामदारले हि’नताबोधका कारण डि’प्रेशनमा गई आ’त्महत्याको बाटो रोज्ने गरेका छन् । कतिपय कामदार औद्योगिक तथा सडक दु’र्घटनामा परी मरेका छन्, भने कति अनियमित खानपानका कारण सुतेकै अवस्थामा ज्या’न गु’माउन बाध्य छन् । मा’नसिक त’नाव, कामको चा’प, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृ’त्यु हुने नेपालीको संख्या बढ्दै गएको रोजगारबाट फर्किएका नेपालीहरुको भनाइ छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय