सौल दक्षिण कोरिया ,
चीनबाट फैलिएको खतरनाक भाईरस कोरोना भाईरसको कारण दक्षिण कोरियामा हप्ताको अन्त्य अथवा शनिवार र आईतवार पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु लाई निषेध गर्ने तथा कार्यक्रम नगर्न सम्पूर्णलाई सुचना जारी गरेको छ ।यसमा बिदेशी परामर्श केन्द्रहरु , इन्स्टीट्य़ुटहरु , सांस्कृतिक कार्यक्रमहरु लगायत मानिसहरु भेला भएर गरिने कुनै पनि कार्यक्रम हरु नगर्न स्वास्थ्य मन्त्रालयले सुचना जारी गरेको छ ।अत्यावश्यक काम नभएको खण्डमा बाहिर हिडडुल नगर्न तथा यदि हिड्ने परेको खण्डमा मास्कको प्रयोग गरेर मात्रै बाहिर निस्कन भनिएको छ।
अहिले चीनमा देखिएको खतरनाक भाइरसका कारण विश्व नै ससंकित भएको छ । यसको प्रभाव एसिया लगायत एक दर्जन देशहरुमा देखिन लागेको छ । विश्व स्वास्थ्य संगठनले आपतकालिन अवस्था घोषणा गरिसकेको छ आजसम्म २५६ जनाले यहि भाईरसका कारण ज्यान गुमाईसकेको छन् । चीनको लगभग सबै भूभागमा फैलेको यस भाइरस नियन्त्रण गर्न चिन सरकारलाई चुनौती बनेको छ ।