Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कोरोना भाइरसको कारण मानिसहरुको जमघटलाइ निषेध ।

सौल दक्षिण कोरिया ,

चीनबाट फैलिएको खतरनाक भाईरस कोरोना भाईरसको कारण दक्षिण कोरियामा हप्ताको अन्त्य अथवा शनिवार र आईतवार पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु लाई निषेध गर्ने तथा कार्यक्रम नगर्न सम्पूर्णलाई अनुरोध गरेको छ ।यसमा बिदेशी परामर्श केन्द्रहरु , इन्स्टीट्य़ुटहरु , सांस्कृतिक कार्यक्रमहरु लगायत मानिसहरु भेला भएर गरिने कुनै पनि कार्यक्रम हरु नगर्न सुचना जारी गरेको छ । बाहिर हिड्दा मास्कको प्रयोग गरेर मात्रै बाहिर निस्कन भनिएको छ।

अहिले चीनमा देखिएको खतरनाक भाइरसका कारण विश्व नै ससंकित भएको छ । यसको प्रभाव एसिया लगायत एक दर्जन देशहरुमा देखिन लागेको छ । विश्व स्वास्थ्य संगठनले आपतकालिन अवस्था घोषणा गरिसकेको छ आजसम्म २५६ जनाले यहि भाईरसका कारण ज्यान गुमाईसकेको छन् । चीनको लगभग सबै भूभागमा फैलेको यस भाइरस नियन्त्रण गर्न चिन सरकारलाई चुनौती बनेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय