Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

भक्तपुर समाज दक्षिण कोरिया को पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल 2 लाइभ कोरियाको पत्रकार सम्मेलन जनावरी 19 मा गर्ने

प्रदेश न 3 एकता समाज द कोरिया अन्तर्गत को सस्था भक्तपुर समाज दक्षिण कोरिया को पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल 2 लाइभ इन कोरिया को पत्रकार सम्मेलन यहि जनावरी 19 मा दोङ्देमुन 3 नो गेट नजिक रहेको दर्शन नमस्ते रेस्टुरेन्ट को हलमा दिनको 12 बजे बाट सुरुहुने भएको छ ।

प्रचारप्रसार तिब्र गतिमा अगि बढिरहेको छ ncc को अधिबेसन बाटसुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्तेक थेगु बुसान किम्हे सम्पुर्ण ठाउँबाट प्रचारप्रसार तिब्र गतिमा अगाडि बढीरहेको जानकारी भक्तपुर समाजका अध्यक्ष रमेश गिरि दिनुहुन्छ कोरियावासी सम्पूर्ण नेपाली समुदाय, यही आउदो जनवरी २५ तारिख कोरियन नयाँ वर्ष सल्नालको दोस्रो दिन प्रवासको सांगीतिक कार्यक्रम मध्येको अहिले सम्मकै सर्वाधिक भौगोलिक रूपमा समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजनाको जानकारी गराउन चाहन्छौँ।

पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व रहेको नेपाली सांगीतिक नक्षत्रका स्थापित एवं नवप्रतिभाहरूको सम्मिश्रण रहेको कलाकारहरुको साथमा विश्वस्तरीय कन्सर्ट हलमा आयोजना हुने कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौँ।

कार्यक्रममा पुर्ब बाट राम लिम्बू सुदूरपश्चिम बाट लोकदोहोरी तथा देउडा गायक उमाशङ्खर जोशी पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा राप्ती बाट चर्चित लोक दोहोरी गायिका भुमिका गिरि र सिराह बाट आरिफ रौफ भ्याली बाट बाट सनिश श्रेष्ठ चितवन बाट अलिशा सर्मा र क्लासिकल डान्सर सीता सुवेदी भारत को दार्जिलिङ बाट भ्वाइस अफ नेपालकी रकिङ्ग स्टार याङ्की याल्मो लगायत अन्य स्थानिय कलाकारहरु समाबेस गरिएको छ । सउल मेट्रो लाइन नं २ को कन्कुक विश्वविद्यालय( konkuk university station (건대입구 ) प्रवेशद्वार स्टेसनको २ नं गेटबाट ५०मिटर अगाडि रहेको New Millennium Hall (세천년관) मा सम्पुर्ण नेपाल झल्कने सांगीतिक कार्यक्रममा उल्लासमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम दिनको 1 बजे बाट सुरु हुनेछ भने कार्यक्रम स्थलसम्म जान दोङ्देमुन 3 न गेट अगाडि बाट निशुल्क बसको ब्यबस्था गरिने छ । संगित र नृत्यका सम्पूर्ण विधाका समावेशी कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमको निम्ति प्रतिक्षाको गन्ती अब मात्र 10 दिन मात्र बाँकि

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय