Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

रामेछाप सम्पर्क समितीको मंगोलियन हर्ट लाईभ कन्सर्टको आय ब्यय सार्वजनिक, मुनाफाले दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गर्ने

सउल, दक्षिण कोरिया रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले गत छुसकमा संयुक्त रुपमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाको आय ब्यय सार्वजनिक गरेको छ। कार्यक्रमबाट रामेछाप सम्पर्क समिती दक्षिण कोरियालाई एक करोड बयानब्बे लाख वोन मुनाफ भएको छ। गत आइतबार सउलमा रामेछाप सम्पर्क समितिले जिल्लाको बृहत् भेला गरि आर्थिक संयोजक मेगराज खड्काले जिल्लागत आयब्यय प्रस्तुत गरेका थिए।

विवरण निम्न अनुसार रहेको छ।

जिल्लाको ३०० टिकट मध्य २६५ ओटा बिक्रि भएको छ। टिकट २६५*२५०००= ६६२५०००वोन जिल्लागत सहयोग = १५९९५०१३वोन संयुक्त बाट जिल्लाको भागमा आएको मुनाफा = १०८३७९६२ वोन जम्मा मुनाफा= ३३४५७९५७वोन खर्च, जिल्लाको भागमा परेको खर्च = १३८१७५८१वोन जिल्लगत खर्च, एन. सि. सि कार्यक्रम दर्ता शुल्क =१०००००वोन फोटो कपि, टाइप =२३, ०००वोन हार्ड डिक्स = ६०००० वोन जिल्लाको तर्फबाट जिल्लगत कलाकार २००००० वोन जम्म खर्च =१४, २००, ८५१ वोन जम्मा मुनाफा =१९२५७१२४ वोन कुल मुनाफा मध्ये एक करोड साठी लाख भन्दा बढिको शैक्षिक अक्षयकोष स्थापना गर्ने र सो को बार्षिक ब्याजबाट आर्थिक अबस्था कम्जोर भएको रामेछापको प्रत्येक गाउँपालीका र नगरपालीकाको कम्तिमा एक एक जानालाई नगरपालीका र गाउँ पालिकाको सिफारिसमा प्रदान गरिने र यसको लागि विभिन्न क्राईट एरिया बनाउनुका साथै कोष मितब्ययी पारादर्शी र ब्यबस्थित बनाउनको लागी विभिन्न संयन्त्र बनाएको रामेछाप सम्पर्क समितिको अध्यक्ष रविप्रताप घिसिङले जानकारी दिनु भयो।

उहाँको अनुसार जिल्लागत सहयोग र संयुक्त सहयोग अझै उठन बाँकी रहेकोले कुल मुनाफा २ करोड समेत पुग्न सक्ने अनुमान गरिएको छ। साथै अध्यक्ष घिसिङ्गले संस्था स्थापना भएको थोरै समयमा पनि सम्पुर्ण रामेछापबासीको साथ, सहयोग मिहिनेत र हौसलाले प्रवाशी भुमिमा ऐतिहासिक सफल कार्यक्रम भएकोमा कार्यक्रम सफल बनाउन हरतरहले खटिनु भएका रामेछापबासी लगायत सम्पुर्ण कोरियाबासी नेपाली समुदायलाई हार्दिक धन्यवाद समेत दिनुभएको छ।

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाका पदाधिकारी, सल्लाहकार एवं सम्पूर्ण सदस्यहरूले कार्यक्रमबाट भएको मुनाफा ब्यबस्थित र पारादर्शी बनाउने प्रतिबद्धता प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रकारका सफल कार्यक्रमहरू गर्न लागि पर्ने बताए। कोरियामा सांस्कृतिक कार्यक्रम गरेर उद्देश्य अनुसार सहयोग गर्न ढिलो गर्ने प्रवृत्तिलाई यो पटक रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले चिरेर बिलैमा आयब्याय प्रस्तुत गरि सबै नेपाली संघ संस्थाहरूको लागि उदाहरण बनेको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय