Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दुखद खबर कोरियामा एकै दिनमा दुई जना नेपालीले ज्यान गुमाए

आइतबार कोरियामा दुई जना नेपाली युवाले ज्यान गुमाएका छन् ।
औधोगिक दुर्घटनामा परी एक नेपालीले ज्यान गुमाए
आईतबार एक नेपाली युवा कम्पनीमा कामगर्ने शिलशिलामा दुर्घटनामा परि ज्यान गुमाएका छन् । रोजगारीको लागि इपिएस प्रणाली बाट ४ बर्ष ४ महिना पहिले कोरिया आएका तनहुँका नर बहादुर रानाको कम्पनीमा समान उचाल्न प्रयोग हुने छिकेछा { गह्रौ समान उचाल्न ,यताउति सार्न पर्योग गरिने गाडी } मर्मत गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको उनि संगै काम गर्ने नेपालीले बताए l
संगसंगै काम गर्ने साथीहरुका अनुसार कोरियाको छुङ्छंङबुक्दो छेन्छु स्थित एक कम्पनीमा कार्यरत राना छिकेछामा हाइड्रोलिक तेलको पाइप कस्ने क्रममा पाइप फ़ुत्किएपछि माथि उचालिएको ग्रहौ समान सहित उनी किचिएका थिए l धेरै बेर सम्म पनि साथीहरुले नदेखेपछि खोज्दा उनलाई फलामको गह्रौ बक्सले च्यापिरहेको अबस्थामा फेला पारेका थिए l
उनको घटनास्थलमै ज्यान गएको बताइएको छ l हाल उनको कम्पनीमा ७ जना नेपाली कार्यरत छन् l अबिबाहित मृतक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए । उनको पहिलो कार्यकाल सकिन मात्रै ६ महिना बाकि थियो ।
दुवै घटना घटनावारे सियोल स्थित नेपाली दुतावासमा जानकारी आएको बताउदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले मृतकको शव नेपाल पठाउन आबस्यक कानुनि प्रक्रिया अगाडी बढाईएको जानकारी गराउनु भयो l

एक युवकले गरे आत्महत्या

रोजगारीको शिलशिलामा कोरियामा कार्यरत पाँचथरका एक युवकले गएराती आत्महत्या गरेका छन।विवेक राई नाम गरेका उनी बिगत साढे दुई बर्ष अगाडी देखी ईपिएस भिषामा कोरियामा कार्यरत थिय।छल्लाबोक्दो छङ्गुप सि मा रहेको फेदुल नोङ्जाङ

नामक बंगुर फार्ममा कार्यरत उनी नोङ्जाङ भित्रै डोरी लगाएर झु’न्डीए’को अबस्थामा आज बिहान मृ’त फेला परेका थिय। कम्पनीमा संगै काम गर्ने नेपाली साथी डम्बर थाम्सुहाङ ले बताएअनुसार हिजो संगै खाना खाएर सुतेको उनी राती बाहिर निस्कीएको आफुले थाहा नपाएको साथै बिहान हेर्दा साथी नभएपछी

खोज्दैजाँदा कम्पनीकै भित्र भर्याङ्ग हालेर झुन्डीएको फेला पारेको बताए।साथी झुन्डीएको देख्नासाथ आफ्नो साहुलाई फोन गरेर जानाकारी गराएर साहु आईसके पश्चात प्रहरीमा खबर गरेको बताएका छन।घटनास्थलमा प्रहरी पुगीसके पछी मृत शरिरलाई निकालेर पोस्टमार्टमको लागी लगिएको बताए।

अबिबाहित मृतक राईको घर पाँचथर भएको बताईएको छ।घटनाको मुख्य कारण के हो भन्ने बारेमा विस्तृत जानाकारी नआईसकेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ।घटनाको बारेमा कोरियामै रहेका मृतकका सोल्टीलाई खबर गरिसकिएको र उहाँ घटनास्थल तर्फ लागेको जानाकारी प्राप्त भएको छ।

यसबारेमा नेपाली राजदुताबासका श्रम सहचारी डिल्लीराम बास्तोला लाई जानाकारी गराईएको छ।दुताबास श्रोतले यसबारेमा पुरा बुझेर कानुनी प्रकृया लगायत दुताबासले गर्नुपर्ने सबै काम लगत्तै गर्ने आश्वासन दिनुभयो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय