Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

खुसीको खबर कोरियामा{पुन: प्रवेश } कमिटेड कामदारको नेपाल बसाई अबधि ३ महिना घटाएर १ महिनामा भित्र्याउने तयारी हुँदै

४ वर्ष १० महिना बसेर स्वदेश फर्किएका विदेशी श्रमिकलाई पुनः प्रवेश प्राथमिकता

हाल कोरियामा ४ वर्ष १० महिना बसेर स्वदेश फर्किएका विदेशी श्रमिकलाई पुनः प्रवेशका लागि सीमित क्षेत्रमा मात्र जान पाउने व्यवस्था छ । तर, सन् २०२० देखि भने पुनः प्रवेश गर्ने श्रमिक भाषा, दक्ष र सीपयुत्त हुने भएकाले धेरै प्राथमिकतामा राखेको छ ।यसरी भाषा र सीप भएका श्रमिक सीपलाई मात्र प्राथमिकतामा राखेर सीप परीक्षण गर्ने भएको छ ।

भाषा र सीपयुक्त विदेशी श्रमिकलाई प्रोत्साहन गर्ने र पुनः प्रवेश प्रतिबन्ध अवधि तीन महिनाबाट एक महिनामा ल्याउने तयारी गरिरहेको छ ।कोरियाका साना तथा मझौला व्यवसायमा नेपाली श्रमिकको माग धेरै हुन थालेको (एचआरडी)ले जनाएको छ । विगत २ वर्ष यता कोरियाका उद्योगसँगै उत्पादनमा गिरावट आएपछि प्रतिदिन थप २ घण्टा विदेशी श्रमिकलाई बढी काम गर्न दिने तयारी रहेको एचआरडीले जनाएको छ ।

कोरियाले २०२० बाट जनशक्तिको अभाव कम गर्न प्रति हप्ता ५२ घण्टा काम गर्ने नीतिलाई लागू गर्न भएको छ । कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशबाट कामदार लैजान शुरु गरेको थियो ।

नेपालबाट सन् २००८ बाट मात्र कामदार लिन थालिएको हो। साना र मझौला रोजगारदाताले कोरिया सरकारसँग विदेशी कामदार ल्याउन अनुमति लिनुपर्छ । हाल कोरियामा ४५ हजारभन्दा धेरै नेपाली कामदार कार्यरत रहेको सरकारी तंथ्याक छ । जसमा ८ हजारभन्दा धेरै महिला रहेको शाखाले जनाएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय