Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले २०२० देखि निर्माण, माछापालन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिकलाई अनुमति दिनसक्ने सम्भावना

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपालसहित अन्य १४ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक भित्र्याउने भएको छ ।कोरियाको श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका विभिन्न निकायले ६ वटा रोजगारीका लागि रोजगारदाता देशबाट ५६ हजार श्रमिक भित्राउन सार्वजानिक गरेको छ । नेपालबाट श्रमिक लैजाने सम्पुर्ण काम कोरियाको मानव संसाधन केन्द्र (एचआरडी)ले गदै आएको छ ।

सन् २०२० लागिका छुटाइएको ५६ हजार कोटामध्ये उत्पादन क्षेत्रका लागि ४० हजार ७, कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ४ सय, माछापालन क्षेत्रका लागि ३ हजार, निर्माण क्षेत्रका लागि २ हजार ३ सय र बाँकी अन्य क्षेत्रमा विदेशी श्रमिक लिने मन्त्रालयले जनाएको छ । कोरिया सरकारले इपीएस भाषा परीक्षामार्फत नेपाली श्रमिक उत्पादन र कृषि क्षेत्रको रोजगारीमा लिदै आएको छ ।

कोरियाले ईपीएस भिसा अन्र्तगत श्रमिक पुनः प्रवेश, श्रमिकको नवीकरणका लागि अनुमति दिइएका क्षेत्रको विस्तारका लागि पनि योजना बनाएको छ । तर, यी योजना सार्वजनिक भएका छैनन् ।कोरियाले नेपालीका लागि उत्पादनमूलक र कृषि क्षेत्रमा मात्र खुला गरिएको छ । सन् २०२० देखि निर्माण, माछापालन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिकलाई अनुमति दिनसक्ने सम्भावाना रहेको शाखाले जनाएको छ ।

कोरियाले नेपालसहित १४ वटा देशबाट श्रमिक रोजगारीमा लिदै आएको छ । २०२० मा कुन देशबाट कति श्रमिक लिने भने कोटा कोरियालले छुटाएको छैन । साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न सरकारले आप्रवासी श्रमिकका लागि सन् २०२० मा पनि कोटा कटौती नगरेको वैदेशिक रोजगार इपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए ।

कोरियामा मासुजन्य, उत्पादन, ग्रामिण भेग र कृषि क्षेत्रमा श्रमिक अभाव देखिन थालेपछि विदेशी श्रमिकको कोटा वार्षिक रुपमा बढाइरहेको खनालले बताए । नेपाल सरकारले कोरिया सरकारसँग कृषि र उत्पादनभन्दा बाहेक क्षेत्रमा नेपाली श्रमिक रोजगारीमा लैजान माग गदै आएको शाखाले जानकारी दिएको छ ।

विदेशी श्रमिकको सीप र दक्षताका लागि कोरिया सरकारले विषेश तालिमको योजनापनि अघि सारेको छ । नेपालमा सीप विकासका लागि तालिम केन्द्र सञ्चालन गर्न ईपीएस शाखाले कोरिया सरकारसँग माग गदै आएको छ । कोरियाले सन् २०१९ का लागि पनि ५६ हजार कोटा निर्धारण गरेको थियो । जसमा १२ हजारले भाषा उत्र्तीण गरेका थिए । भाषा उत्र्तीण गरेकामध्ये नेपालबाट ६ हजार ७ सय श्रमिक छनोट भएका छन् ।

उनीहरुको सीप परीक्षण भइसकेर रोजगारदाता कम्पनीमा एचआरडीमार्फत नाम पठाइएको इपीएस शाखाले जानकारी दिएको छ । कोरियाले सन् २०२० मा विगतमा जस्तो एक चरण नभइ विदेशी श्रमिक विभिन्न चरणमा लैजाने भएको छ । कोरियाले उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा जनवरीदेखि अक्टोबरसम्म श्रमिक लिने भएको छ । यस्तै, अन्य क्षेत्रमा आवश्यकता अनुसार जहिले लिनसक्ने जनाएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय