Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इ पी एस कार्यालय ग्वार्कोको निर्णय एग्रिमा भएकाहरुको एलसी इस्युलाई प्राथमिकतामा दिने

सौल दक्षिण कोरिया
बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल को कार्यकक्षमा इ पी एस सेन्टर नेपालका निर्देशक पार्क सुङ्ग हि इ पी एस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनाल र इ प् एस सेन्टरका ब्यबस्थापक मुनाल राइ सहितको आज मिति २०७६ पुस २१ गते बसेको बैठकले अब हुने श्रम सम्झौता पत्र अर्थात एल सी इस्युमा कृषि तथा पशुपालनमा भएका हरुलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।
यो निर्णयले कृषि तथा पशुपालनमा कोरियन भाषा उतिर्ण गरि रोस्टरमा बसेकाहरुलाई राहत हुने भनिएको छ ।
यसका साथै आजको बैठकले गरेका निर्णयहरुमा :
इ पी एस परिक्षा २०१९ को स्किल टेस्ट मा सहभागी भएकाहरुको प्राप्ताङ्क सिस्टममा उपदेट नभएको र अन्य त्रुटिहरु पुनरावलोकन भई अन्तिम नतिजा प्रकाशित गरिएको जानकारी एच आर डि कोरियाबाट प्राप्त भएको भनिएको छ

सन् २०१९ को भाषा परिक्षा उतिर्ण भएकाहरुलाई आगामी परिक्षामा पुन भाषा परिक्षा दिन नपर्ने ब्यबस्थामा छलफल भएको तर त्यसको निर्णय एच आर डि कोरियाको हेडक्वाटरबाट मात्र हुने जानकारी गराईएको जनाएको छ।

रि मेडिकल भएकाहरुको रि रोस्टर इन्ट्री छिटो अप्रुभ गर्ने , कृषि तथा पशुपालन क्षेत्रको रोष्टरमा भएकाहरुको एलसी इस्युलाई प्राथमिकता दिने ,उत्पादनमुलक क्षेत्रको रोष्टर इण्ट्रिको कार्य छिटो गर्ने ,स्किल टेस्ट परिक्षामा भएका विभिन्न टेस्ट हरुको प्राप्त अंक उपलब्ध गराउन एच आर डि लाई अनुरोध गर्ने निर्णय सार्वजनिक गरेको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय