Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको ख्योङ्गनाम प्रान्तमा महिला सौचालयमा युवतीको भिडीयो खिचेको आरोपमा एक युवा पक्राउ

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियाको ख्योङ्गनाम प्रान्तमा यौन हिंसाका पछिल्लो घटनामा सौचालयमा एक युवतीलाई पछ्याउदै गरेर युवतीले सौचालयमा गरेको क्रियाकलापको भिडीयो खिचेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको ख्योङ्गनाम प्रहरीले उदृत गरेको छ ।
युवतीले सौचालयमा मोबाइल देखेपछि उनले प्रहरीलाई उजुरी गरेकी थीइन । उजुरी गरेको केहि क्षणमा नै प्रहरी घटना स्थलमा पुगेको थियो ।
नजिकैको पसलको बाहिर रहेको सिसिटिभी फुटेजको आधारमा प्रहरीले तत्कालै एक युवालाई पक्राउ गरेको थियो उनको मोबाईल जांच गर्दा संकास्पद भिडीयोहरु धेरै भेटिएको थियो । उनले यस्ता थुप्रै अपराधिक क्रियाकलाप गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
स्रोत : के बि एस न्युज

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय