Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

के हो त E -7 -4 भिषा ? 2020 मा यो कसरी प्राप्त गर्न सकिन्छ ? सम्पूर्ण विवरण सहित जान्नुहोस ।

मिन बि क ,सौल दक्षिण कोरिया

कोरियन सरकारले २०१७ सेप्टेम्बर देखि शुरु गरेको भिषा हो E -7 -4 । कोरियन सरकारले इपिएस प्रणाली मार्फत प्रवेश गरेर दक्ष बनेका कामदारहरुलाई लक्षित गरि यो भिषा प्रणाली निर्माण गरको हो । लामो समयसम्म कोरियामा बसेर काम गरिरहेकाले काममा दक्ष हुने भएकोले दक्ष कामदारलाई उनीहरुकै देश फर्काउनु भन्दा यहि देशमा राख्दा रोजगारदाता लाई उत्पादनमा सहजता प्रदान हुने भएकोले E -7 -4 भिषाको अबधारणा ल्याएको सरसर्ती बुझ्न सकिन्छ । विभिन्न मापदण्डहरु निर्माण गरि उक्त मापदण्डमा अधिकतम देखि न्युनतम अंक तोकिएको छ। जम्मा पुर्णाङ्क १८० तोकिएकोमा निश्चित उत्तीर्ण अंक (५२ ) र ७२ निर्धारण गरिएको छ ।उत्तीर्ण अंक ( ५२ ) वा (७२) वा सो भन्दा बढी अंक प्राप्त गरेको खण्डमा यो भिषा प्राप्त गर्न सकिने छ । दुइ बर्षको औसत आय २ करोड ६० लाख भन्दा धेरै खण्डमा ५२ अंक प्राप्त गर्नेले भिषा प्राप्त गर्न सक्छन भने दुई बर्षको औसत आय २ करोड ६० लाख भन्दा कम हुनेले ७२ अंक प्राप्त गर्नुपर्नेछ ।
परिवारसहित लामो समय कोरिया बस्न सकिने भिसा हो E -7 -4 भिषा । कोरियामा इपिएस प्रणाली मार्फत आएको अदक्ष कामदारहरुले अधिकतम बस्न पाउने समय ९ बर्ष ८ महिना हो । यो समयभन्दा बढी बस्न चाहनुहुनेले E -7 -4 भिषा परिवर्तन गर्न सक्नुहुनेछ । E7-4 भिषा इपिएसबाट आएका E-9 , E-10 र H-2 भिषा भएकाहरुले परिवर्तन गर्न सक्नुहुनेछ, कोरियामा लगातार 5 वर्ष भन्दा बढी र १० बर्ष भन्दा कम काम गरेकाले यो भिषा आवेदन गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषी, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिषा लिन सक्ने छन् । यो भिषा प्राप्त गरिसकेपछि कति बर्ष सम्म कोरिया बस्न पाउने भन्ने निश्चित भने छैन तर पनि अध्यागमन विभागले जहिले सम्म तपाइलाइ भिसा दिन योग्य ठहर्छ वा जति समयसम्म मापदण्ड अनुसार निश्चित उत्तिर्णाङ्क ( ५२ ) प्राप्त गर्न सक्नुहुन्छ त्यति नै समय कोरिया बस्न सक्नुहुनेछ । यानेकी उत्तिर्णाङ्क ( ५२ ) प्राप्त गर्न नसकेको खण्डमा भने स्वदेश फर्किनुपर्ने हुन्छ ।

E -7 -4 भिषा प्राप्त गर्नको लागी विभिन्न मापदण्ड हरु निर्धारण गरिएको छ जसमध्य विशेष गरी कोरियन भाषा क्षमता, शिक्षा, उमेर,शिप-दक्षता ,आय , आय कर कोरियामा राखिएको बैंक मौज्दात ,कोरिया बसेको समयावधि र कामको अनुभवका साथै कोरियामा रहन सक्ने भिषा अबधि आदि हुन् । त्यस्तै कोरियामा उच्च शिक्षा अध्ययन , स्वयंसेवकको भूमिका , सरकारबाट प्राप्त प्रसंसापत्र, कोरियामा लिएको कुनै प्रमाणपत्रहुअरु भएको खण्डमा थप अंक प्राप्त गर्न सकिने छ ।

E -7 -4 भिषा प्राप्त गर्नको लागी निम्न मापदण्डमा निम्न अंक प्राप्त गर्न सकिन्छ ।
१-२ बर्षको औसत आय :
३ करोड ३० लाख वा सो भन्दा बढी भएमा : २० अंक
३ करोड वा सो भन्दा बढी भएमा : १५ अंक
२ करोड ६० लाख वा सो भन्दा बढी भएमा : १० अंक
आवेदन दिने दिनको ठिक २ बर्ष देखिको औसत आय समेटिनेछ ।

२- कोरियन भाषा क्षमता : (topik & kiip )
लेवल ५ वा सो भन्दा माथि : २० अंक
लेवल ४  : १५ अंक
लेवल ३  : १० अंक
लेवल २  : ५ अंक

३-शैक्षिक योग्यता:
स्नातक तह : 10 अंक
उच्च माध्यामिक तह वा सो सरह : 5 अंक
माध्यामिक तह वा सो सरह :3 अंक

4- उमेर तर्फ
~~३९ वर्ष : २ अंक
~~३४ वर्ष : ५ अंक
~~३२ बर्ष : ७ अंक
~~२९ बर्ष : १० अंक
~~२७ बर्ष १५ अंक
~~२४ बर्ष २० अंक

5-कोरियन बैंकमा भएक मौज्दात तर्फ :
१० करोड वन वा सो भन्दा बढी : १५ अंक
६ करोड वन वा सो भन्दा बढी : १० अंक
३ करोड वन वा सो भन्दा बढी : ५ अंक

6-कामको अनुभव :
पुरी सानप भएमा :
६ बर्ष वा सो भन्दा बढी : १५ अंक
४ बर्ष वा सो भन्दा बढी: १० अंक
उत्पादन वा निर्माण सम्बन्धि
६ बर्ष वा सो भन्दा बढी : १० अंक
४ बर्ष वा सो भन्दा बढी: ५ अंक

7-दुर्गम क्षेत्रमा काम गरे :
४ बर्ष वा सो भन्दा बढी : १० अंक
३ अंक वा सो भन्दा बढी : ७ अंक
२ वर्ष वा सो भन्दा बढी ५ अंक

8-कम्पनीको यो अबस्था भएमा तपाइले भिषाको लागी निवेदन दिन र प्राप्त सक्नुहुनेछ ।
तपाइको कम्पनीमा कोरियन कामदारको संख्यालाई मुख्य रुपमा हेर्नुपर्ने हुन्छ, यो सबैभन्दा महत्वपुर्ण बिषय पनि हो ।
१- यदि तपाइले काम गर्ने कम्पनि पुरी सानप भएमा
५-१० जना कोरियन कामदार भएमा- १ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१०-२९ जना कोरियन कामदार भएमा- २ जनाले भिषा प्राप्त गर्न सक्नेछन
३०-४९ जना कोरियन कामदार भएमा- ३ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०-९९ जना कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१०० जना भन्दा बढी कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन

२- यदि तपाइले काम गर्ने कम्पनि उत्पादनमुलक भएमा :
१०-४९ जना कोरियन कामदार भएमा- १ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०-१४९ जना कोरियन कामदार भएमा- २ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१५०-२९९ जना कोरियन कामदार भएमा- ३ जनाले भिषा प्राप्त गर्न सक्नेछन
३००-४९९ जना कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०० जना भन्दा बढी कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन

नोट : E-9 , E-10 भिषामा काम गर्दै आएका कम्पनिको हकमा १ जना कोरियन कामदार भएको खण्डमा पनि आवेदन दिन सक्नेछन ।

अरु मापदण्डहरु पनि छन् कोरियाको कामको सिप, कम्पनीमा कामदारको स्तर, कोरिया वा अन्य देशबाट प्राप्त शैक्षिक योग्यता ,कोरियामा प्राप्त गरेको अन्य प्रमाणपत्र हरुले भिषा प्राप्त गर्ने आधार थप बलियो बनाइदिन्छ । तर इपिएस भिषामा कोरियामा काम गर्दै आउनुभएको नेपालीहरुले प्राप्त गर्ने सम्भावित अंकहरु यति नै हो ।
यदि तपाइको अंक माथि उल्लेखित मापदण्ड अनुसार पुगेको खण्डमा भिषा परिवर्तनको लागी आवेदन दिन सक्नुहुनेछ ।
भिषा आवेदनका लागी नजिकैको अध्यागमन विभागमा सम्पर्क गर्न सक्नुहुनेछ । यो भिषा कोटा प्रणाली मार्फत एक बर्षमा ४ पटक अर्थात जनवरी, अप्रील,जुलाई,अक्टुवरमा खुलाईएको हुन्छ । आवेदकहरुको निवेदन संकलन गरि अधिकतम अंक प्राप्त गर्ने १०० जनालाई भिषा प्रदान गरिन्छ । भने ७५ अंक भन्दा बढि अंक प्राप्त गर्ने हरुले प्रतिस्पर्धामा भाग लिनु पर्ने छैन उनीहरुले स्वतः भिषा प्राप्त गर्नेछन ।
E -7 -4 भिषाको लागी आवश्यक कागजात ,प्रक्रिया ,फाइदा-बेफाइदा,भिषा थप गर्दा हुने झन्झट लगाएत सम्पुर्ण बिषयमा हामी क्रमश आउने नै छौं hello korea nepal फेसबुक पेजलाई लाइक गरि फलो गर्न नबिर्सिनुहोला ।नोट :सबै अंकहरु यहाँ तोकियाको अनुसार प्राप्त गर्न नसकिने पनि हुन्छ आफुले आवेदन दिने बेलामा इमिग्रेशनमा कस्तो व्यक्तिसंग परिन्छा भन्ने कुराले पनि भर पर्छ ।

यो पनि पढ्नुहोस

 

E-7-4 भिषा लिएको २ महिनामै यसरी अबैधानिक हुन पुगे,E-7-4भिषा लिनु भन्दा पहिले हजार पटक सोचौं

सौल दक्षिण कोरिया ,
कोरियामा चर्चाको बिषयमा रहेको E-7-4 भिषामा विभिन्न समस्याहरु रहेका छन् । कतिपय अबैधानिक हुनुपरेको छ भने कतिपयले बिचैमा छाडेर घर फर्किनुपरेको छ ।यस्तै केहि उदाहरण हेल्लो कोरियासंग आएका छन् ।
पहिलो
छुङ्ग्छनबोक्दोमा एउटा स्टील कम्पनीमा काम गर्ने एक जना नेपालीले E-7-4बनाएको २ महिनामा नै अबैधानिक हुनु पर्यो । कम्पनि काम राम्रै चलिरहेको थियो कम्पनि को साहुको ब्यबहार पनि राम्रो थियो । अचानक एउटा डीपार्टमा काम ह्वात्यै घट्यो कम्पनीले त्यो डीपार्ट्नै बन्द गर्न पुग्यो ,यसको सोझो असर निकाल्ने नेपालीलाई असर पर्यो । कम्पनीले अर्को डीपार्टमा पनि राख्न नमानेपछि उनले अर्को कम्पनि खोज्न सकेनन। उनिसंग तिन ओटा विकल्प देखिए ,नेपाल फर्किनुपर्यो, कुनै यस्तै प्रकृतिको कम्पनि खोजेर कम्पनीबाट कामदारको रुपमा राख्न सक्ने भन्ने प्रमाणपत्र लिएर अध्यागमन विभागमा पेश गर्न सक्नुपर्यो कि त अबैधानिक रुपमा बस्नुपर्यो । नेपाल फर्किने सम्भावना नै नरहेको र अर्को कम्पनि खोज्न अत्यन्त्यै गाह्रो भएपछी अन्त्यमा उनि अबैधानिक रुपमा बस्न बाध्य भए। ।
दोस्रो
काम ठिठीकठाक चलिरहेको थियो ,२०१८ मा कोरियन सरकारले भारी मात्रामा तलब बढाउने निर्णय गर्यो ,यसको असर साना कम्पनीहरुमा यति छिटो फैलियो कि कतिपय कम्पनि हरु त बन्द पनि हुन पुगे भने कतिपय कम्पनीहरु मर्ज गरेर चलाउनुपर्ने अबस्थामा पुगे ।
यसको प्रभावबाट ख्यांग्गीदो स्थित एक नेपालीले काम गर्ने कम्पनि पनि अछुतो हुन सकेन डे नाईट गरेर २ सिफ्टमा काम उक्त कम्पनीमा ३ सिफ्ट बनाएर काम लगाउन शुरु भयो । यसले गर्दा उक्त कम्पनीमा पनि दिनको ८ घण्टा मात्रै काम गर्ने वातावरणको शूरुवात भयो । कम्पनि छोड्नको लागी साहुसँग अनुरोध गरेको साहुले स्वीकृति दिन नमानेपछि कम्पनि नै छोडेर घर उनि नेपाल फर्किन बाध्य भए ।उनले E-7-4 भिषा बनाएको करिब २ बर्ष भएको थियो
तेस्रो
बुसान क्षेत्रको एउटा फलाम कम्पनीमा कार्यरत अर्का एक नेपालीले पहिलो कार्यकाल सकेर पुन: कोरिया प्रवेश गरे लगत्तै

E-7-4 भिषा बनाएका थिए । तर उनको E-7-4 भिषा एक बर्ष मात्रै टिक्यो कारण थियो उनले E-7-4 भिषा नवीकरण गर्नको लागि अध्यागमन विभागले तोकेको ५२ अंक पुरा गर्न सकेनन । कारण थियो कम्पनीमा काम नभएर उनको तलबमा आएको भारी गिरावट र उनि बिचमा अचानक घरमा जानु परेको कारणले २ महिनाको तलब पाएका थिएनन । अन्त्यमा उनि अबैधानिक रुपमा बसेका छन् । उनले कोरियन दलालको पछी लागेर ३० लाख वोन खर्च गरि E-7-4 भिषा परिवर्तन गरेका थिए ।उनले भन्छन कसैले भनेको भरमा पछिपछि लाग्दा आज यो अबस्थामा पुगे बरु E-7-4 भिषा नै नबनाएको भए आज मेरो बैधानिक ४ बर्ष भिषा त बाँकी हुन्थ्यो नि ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय