Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा एक युवा रातभरि मोटेलमा बसे बिहान आगो लगाएर झोला बोकेर भागे, प्रहरीले तत्काल पक्राउ गर्यो

मिन बि क
सौल दक्षिण कोरिया ,
दक्षिण कोरियाको ख्वान्ग्जु प्रान्तको एक मोटलमा आगो लगाएर भाग्ने क्रममा एक ३९ बर्षीय कोरियन युवालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त आगलागीबाट १ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् । उनि हिजो राति अर्थात डिसेम्बर २१ मा ११ बजेर ५५ मिनेटमा उक्त मोटेल प्रवेश गएका थिए ।भने उक्त मोटेलको तेस्रो तलामा करिब ६ घण्टा बसेर बिहान ५ बजेर ४५ मिनेट हुँदा बाहिरिएका थिए ।
उनले सबै बिस्ताराहरु एकै ठाउमा पोको पारेर आगो लगाएको प्रारम्भिक रिपोर्टमा जनाईको छ तर उनले किन यस्तो गतिबिधि गरे भन्ने भने अझै खुल्न सकेको छैन । तेस्रो तलाबाट धुवाँको मुस्लो निस्कन थालेपछि अग्नि नियन्त्रण कार्यालयमा फोन गरिएको थियो ।
उनि आगो लगाए लगत्तै भागेको भएपनि आफ्नो झोला कोठामै बिर्सेको हुनाले झोला लिनको लागी उनि फेरी आगो लागेको रुममा पुगेका थिए । झोला लिएर भागे लगत्तै प्रहरीले उनलाई पक्रन सफल भएको थियो ।उनले आफुले आगो लगाएको स्वीकारेका छन् .

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय