Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन भाषा र स्किल टेस्ट पास भएपछि कोरिया जानेको लागी अबको प्रक्रिया यस्तो हुनेछ

उत्तम खड्का
राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारहरुको दोस्रो चरणको सीप परिक्षाको नतिजा सार्वजनिक भै सकेको छ ।

सीप परिक्षाको लागि १२०१० भाषा परिक्षामा उत्तीर्ण भएका थिए भने सीप परिक्षामा ६७७३ जना मात्रै पास भएका हुन् । जम्मा २०० अंकको परिक्षामा उत्पादनमूलक क्षेत्रतर्फ १७८ र कृषि तथा पशुपालन क्षेत्रतर्फ १७७ अंक भन्दा बढी आउनेहरु कोरियाली दक्षता परिक्षामा उत्तीर्ण भएका हुन् ।

अबको_प्रक्रिया_यस्तो_छ
अन्तिम नतिजा प्रकाशन भएको केहि समय भित्र स्वास्थ परिक्षण र रोजगार आवेदन फारम वितरण तथा दर्ता गने सम्बन्धि सूचना प्रकाशित हुनेछ । तोकिएको अस्पतालमा तोकिएको मितिमा स्वास्थ परिक्षण गराउनु पर्नेछ । केहिदिन पछि रोजगार आवेदन फारमका लागि तोकिएको मितिमा इपिएस कार्यालय ग्वार्कोमा गएर स्वयं भरी बुझाउनु पर्नेछ । मेडिकल रिपोर्ट इपिएस शाखामै आवेदन फारम भर्नेदिन प्राप्त हुनेछ ।

मेडिकल रिपोर्ट, प्रहरी चालचलन रिपोर्टका साथ अन्य आवश्यक कागजात सहित फारम भरेर बुझाउनु पर्नेछ । त्यसका लागि ५ अमेरिकी डलर बराबर नेपाल रकम बुझाउनु पर्नेछ । त्यसपछि इपिएस कार्यलय ग्वार्कोले तपाईंको फाइल अनलाइन मार्फत योग्य सुची अर्थात् रोस्टका लागि सेन्ड गर्नेछ । त्यतिबेला इपिएस आइडिमा Current Progress Send भनेर देखाउने छ। त्यसपछि कोरियाले प्रमाणिकरण गरेपछि मात्रै Roster मा नाम चड्ने छ ।

यतिबेला Current Progress Approval भनेर देखाउने छ । फोटो नमिलेर गतसाल धेरैको return भएको थियो त्यसैले फोटो edit गर्ने काम नगर्नुहोस् । बढीमा जो कोहि व्यक्ति दुईबर्ष सम्म मात्रै योग्य शुचि अर्थात रोस्टरमा रहने प्रावधान छ ।

Roster मा भएका मध्येबाट रोजगारदाताको छनोटमा परेपछि तपाइँको बाकी प्रक्रिया अघि बढ्नेछ । यतिबेला EPS ID मा Issue देखाउने छ । त्यसपछि LC आउने र बाकी प्रक्रिया अघि बढ्छ ।

स्वास्थ_परीक्षण_गराउदा_आवश्यक_कागजातहरु:
* राहदानीको सक्कल प्रति,
* EPS-TOPIK परिक्षाको प्रवेशपत्र,
* हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति,
* ५५.६४ अमेरिकी डलर बराबर नेपाली रकम,
* थप सूचनाहरु हुनसक्ने भएकाले सम्बन्धित अस्पतालको सूचना पार्टी हेर्नुहोला ।
* सम्बन्धित तोकिएको अस्पतालमा तोकिएको स्वस्थ परिक्षण मिति भन्दा एकदिन अगाडि सम्पर्क गर्नुपर्ने छ ।

रोजगार_आवेदन_साथ_पेस_गर्नुपर्ने_कागजातहरु :
* एम.आर.पी. राहदानी अनुहार प्रष्ट देखिने गरि रंगिन प्रतिलिपी १ प्रति,
* स्वास्थ परिक्षण प्रमाणपत्रको सक्कलै प्रति,
* प्रहरी प्रतिवेदन सक्क्लै प्रति,
* आवेदन फारम शुल्क तिरेको बैंक भौचर सक्कल,
* सेतो पर्दामा खिचिएको पासपोर्ट साइजको फोटो १ प्रती,
* आफ्नो नाममा भएको खाताको चेकको रंगिन फोटोकपी,

प्रहरी रिपोर्ट यसपटकदेखि अन्लाईन मार्फत प्राप्त गर्न सकिने छ । जसको लागि नेपाल प्रहरीको Website www.nepalpolice.gov.np मा login गरेर Need Police Service मा रहेको Apply online मा Details Information मा आफ्नो व्यक्तिगत विवरण भरे पश्चात् व्यक्तिगत Email मा Report प्राप्त हुनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय