Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अण्डरग्राउण्ड रोड बनाउने क्रममा सडकमा प्वाल परि एक जनाको मृत्यु

सौल दक्षिण कोरिया
सौल यांग्दम्फो पुलिस स्टेशनका अनुसार आज बिहान ७ बजेर २१ मिनेटको समयमा एइदोको अन्तर्राष्ट्रिय फाइनान्स रोड मेरिट्स फायर बिल्डिंग नजिकै अण्डरग्राउण्ड सडकमा काम गरिरहेका ५४ बर्षीय “ए ” भन्ने व्यक्तिको आफु माथिको सडक भासिएर मृत्यु भएको छ ।
सडक तल अण्डरग्राउण्ड सडक निर्माणमा काम गरिरहदा आफु माथिको २।५ मिटर सडक अचानक उनीमाथि आइपरेको थियो । उनलाई तत्काल उद्दार गरि अस्पताल लगिएको भएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
वार्ड कार्यालयका एक अधिकारीले भने, “भूमिगत रुपमा गाडिएको पानी आपूर्ति पाइपमा चुहावट भएको कारण जहाँ दुर्घटना भएको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय