Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा अबैधानिक भएका हरुलाई खुशीको खबर, कोरियन सरकारले यसरी बैधानिक बनाउंदैछ

सौल दक्षिण कोरिया
अप्ठ्यारो परिस्थितिमा परेर कतै तपाइँ अबैधानिक हुन बाध्य हुनुभएको हो ? यदि हो भने तपाईलाइ बैधानिक बनाउदै छ कोरियाली सरकारले । तपाइले तलका मध्ये ३ ओटा अबस्थामा रहनुभएको हो भने अब बैधानि बसाईलाई निरन्तरता दिन सक्नुहुनेछ ।

कोरियाको मानव शंसाधन बिकास (एच आर डी) कार्यालयका नेपाली कर्मचारी श्याम खडकाले बताएअनुसार बिबिध कारणले कोरियामा अबैधानिक बन्न पुगेका कामदारका लागी पुन: बैधानिक बन्न पाउने नियम कोरियाको न्याय मन्त्रालयले ल्याएको हो।

उहाँका अनुसार कम्पनिले रिलिज पेपर नदिएर,काम खोज्ने समय नाघेर(तिन महिनाको समयाबधी),काम गरेर बिचमै भागेर,कम्पनी परिवर्तन गर्ने अप्सन सकिएर कोरियामा अबैधानिक हुन पुगेका अधिकाँश विदेशी कामदारहरु लाई बैधानिक हुन पाउने अबसर ल्याएकोले अबैधानिक कामदारले यो मौकाको फाईदा उठाउन सक्नेछन।

यो नियम ईपिएस मार्फत कोरिया आएको,कोरिया छिरेको ३ बर्ष अगावै अबैधानिक भएको र कोरियाको बसाई ३ बर्ष ननाघेको,थप भिषा हानेर अबैधानिक हुन पुगेकाहरु ४ बर्ष १० महिना नपुगेको अबस्थामा मात्रै यो योजनामा सहभागी हुन सक्नेछन।

यो योजनामा २०१९ डिसेम्बर १ तारिखदेखी २०२० मार्च ३१ सम्म अाबेदन दिन पाउने एचआरडी कोरियाले बताएको छ।माथी उल्लेखीत कारणबाट अबैधानिक हुन पुगेका विदेशी कामदारहरुले उल्लेखित मापदन्डहरु पुरा गरेमा पुन कोरियामा बैध भएर बस्न सक्नेछन।

श्याम खड्काको फेसबुक वालमा

“निश्चित मापदण्ड भित्र रहेका अबैधानिक साथीहरु बैधानिक हुनपाउने ”

1)EPS मार्फत कोरिया आएको हुनुपर्ने –

2) आएको ३ वर्ष भित्र अबैधानिक भएका हरु ३ वर्ष पुरा नभयको हुनु पर्ने –

3) बोनश भिषा हानेर अबैधानिक हुनेहरु कोरिया इन्ट्री भएको 4बर्स 10महिना नकटेको हुनु पर्ने –

कम्पनिले रिलिज पेपर नदिएर , काम खोज्ने समय नागेर , काम गारो भै भागेर , परिबर्तन गर्ने अब्सन नभएर लगाएत…, अबैधानिक हुने साथीहरु अत्याधिक भएको हुदा तेस्ता साथीहरुले यो मौकाको फाइदा उठाउनु होला ㅣ

भिषा आबेदन गर्न पाउने मिति 2019 डिसेम्बर देखि 2020 मार्च 31सम्म!

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय