Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

यज्ञ राज सुवेदीको कार्यकालमा सफल सुरुवात,एन आर एन ए कोरियाले कोरियाली सरकार बाट बैधानिकता पायो ,

सौल दक्षिण कोरिया ,
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) दक्षिण कोरियाले कोरियाली सरकार बाट बैधानिकता प्राप्त गरेको छ ।
बिगतमा यहि नारा लिएर चुनाव जितेकाहरुले बैधानिकता प्राप्त गर्न नसकेको अबस्थामा यज्ञ राजा सुबेदीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले छोटो समयमा नै यसरी सबैलाई चकित हुने गरेर बैधानिकता प्राप्त गरेको छ

सउल महानगरपालिकामा गैर सरकारी संस्थाको रुपमा दर्ता भएको तथा कोरियाको प्रचालित कानुनको अधिनमा रहेर सामाजिक कार्यहरु संचालन गर्न सहज वातावारणको थालनी भएको छ र आवश्यक सहयोग संकलन गर्न एनआरएनले आधिकारिक मान्यता प्राप्त गरेको हो । एनआरएनले आजकै मितिदेखि आफ्नै नामको बैंक खाता पनि संचालनमा ल्याएको छ । कोरियाको हाना बैंकमा एनआरएनको आधिकारीक खाता खोलिएको महासचिव विमल सुवेदीले बताए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय