Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा पर्स हरायो भने यसो गर्नुहोस ।

गुरुदत्त न्यौपाने / कोरिया, सुरक्षित देशहरुमध्येमा पर्दछ र अन्य देशको तुलनामा यहाँ तपाईका बहुमुल्य समान चोरी हुने सम्भावना कम छ । तर आफ्नै गल्ती वा भुलबस धेरैजना नेपालीहरुको पर्स, कागजात वा झोला हराउने गरेको पाइन्छ।कोरियामा प्रायजसो सामान चोरी तथा लुटपाट भने हुदैन।यहाँ सामान हराउने भनेको आफ्नै कारणबाट हुने गर्दछ।यहाँ सामान हरायो भने खोजिदिने कार्यालय (फुन्सिलमुन सेन्टर) हरु हुने गर्छन।

 

ट्रेन स्टेसन तथा बिभिन्न लोकेशनमा सामान हरायको रिपोर्ट गर्ने तथा भेटिएको सामान बुझ्ने कार्यालय हरु हुन्छन।कसैले सामान भेट्योभने कि त फुन्सिलमुन सेन्टर कि त नजिकको प्रहरीलाई बुझाउने गर्छन। आज हामी पर्स हराएको खण्डमा तत्काल गरिहाल्नुपर्ने कामहरुका बारेमा चर्चा गर्दैछौं ।

१. प्रहरीमा खबर

पर्स हराएमा र खोज्दा नभेटिएमा सबैभन्दा पहिले गर्नुपर्ने काम प्रहरीकहाँ रिपोर्ट गर्नु हो । रिपोर्ट गर्नका लागि तपाई नजिकैको स्थानीय पुलिस स्टेशन (फाछुल्सो) मा जान सक्नुहुन्छ । चोरी भएको शंका लागेमा 112 मा फोन गरि सो को जानकारी गराउन सक्नुहुन्छ तर अरु थप जानाकारी र निबेदनमा हस्ताक्षर भने आफैले भर्नु पर्दछ ।

यदी राहदानी तथा विदेशी परिचयपत्र जस्तो महत्वपूर्ण कागजहरु संगै हराएका छन् भने तपाईको केस प्रहरी प्रधान कार्यालयमा पठाइन्छ । यस्ता कार्यालयहरु प्राय बहुभाषिक हुन्छन जसले गर्दा पर्यटक र बिदेशीलाई सजिलो हुन्छ । हराएको तपाईको पर्स भेटिएको खण्डमा तपाईलाई खबर आउनेछ ।

२.क्रेडिट / डेबिट कार्ड बन्द

गलत प्रवृत्ति भएका व्यक्तिको हातमा तपाईको पर्स पर्यो भने तपाईसंग भएका क्रेडिट/डेबिट कार्डको प्रयोग गरी अनलाइन मार्फत सामानहरु खरिद गर्न सक्ने सम्भावना हुन्छ । यस्ता धेरै अनलाइन स्टोरहरु छन् जसमा सामान किन्न क्रेडिट कार्डको पासवर्ड चाहिंदैन । त्यसैले क्रेडिट/डेबिट कार्ड हराएको सूचना क्रेडिट कार्ड लिएको कम्पनीलाई फोन गरि जानकारी गराउन जरुरी हुन्छ । यदी तपाइले मोबाइल वा होटेलको फोनबाट जानकारी गराउन सक्नु भएन भने सार्बजानिक फोन बुथबाट खबर गर्नु भएपनि हुन्छ । धेरै क्रेडिट कार्ड कम्पनीहरुले अनलाइनमार्फत नै कार्ड हराएको बारे सूचना दिन र कार्ड बन्द गर्न सकिने व्यवस्था मिलाएका हुन्छन् । सो प्रकृयाबारे जानकारी लिइराख्नु उचित हुन्छ । आफुसंग भएका क्रेडिट कार्ड कम्पनीहरुको सम्पर्क नम्बर मोवाइलमा सेभ गरेर राख्नु वा डायरीमा टिप्नु राम्रो हुन्छ ।

३. नयाँ पासपोर्ट तथा विदेशी परिचय पत्र दर्ता

प्रहरीकहाँ रिपोर्ट गरेपछि पनि पासपोर्टको मामलामा हराएको यति दिनभित्रै बनाइसक्नुपर्छ भन्ने नियम त छैन तर पासपोर्ट विहिन भएर विदेशमा बस्नु चाँही उचित होइन । झोला वा पर्स संगै पासपोर्ट पनि हराएको हो भने नयाँ पासपोर्टका लागि प्रोसेस गर्नुपर्ने हुन्छ ।

त्यस्तै पर्स संगै यदि तपाइले बोकिरहेको एलियन कार्ड हरायो  भने १४ दिनभित्रै नजिकैको इमिग्रेशन ब्यूरोमा नयाँ कार्ड प्राप्तिका लागि आवेदन दिनुपर्ने हुन्छ, त्यो भन्दा पहिले नै प्रहरीमा हराइएको जानकारी गराईसक्नुपर्ने हुन्छ । कार्ड हराएको बारे प्रहरीले दिएको रिर्पोट, एकप्रति फोटो र आवेदन फारम बुझाउनुपर्ने हुन्छ । नयाँ कार्डबापत तपाइले ३०,००० कोरियन वोन शुल्क तिर्नुपर्छ।हराएको एलियन कार्डको फोटोकपी वा कार्ड नम्बर कतै लेखेर राख्ने बानी गर्नुहोस् । यसो गर्दा हराएको एलियन कार्ड नयाँ बनाउने प्रकृया केही सहज बन्छ ।

आफ्ना सामान वा महत्वपूर्ण कागजातहरु हराउन नदिन होसियार भएरै हिड्नु नै राम्रो उपाय हो । साथसाथै आफ्ना महत्वपूर्ण कागजातहरुको फोटोकपी गरिराख्नु उचित हुन्छ । तपाईको पर्स हराउँदा गलत व्यक्तिका हातमा पर्यो भने धेरै घाटा लाग्न सक्छ । मानशिक तनाव त हुन्छ नै साथसाथै पैसा पनि खर्च हुन्छ र समय पनि बर्बाद हुन्छ । त्यसैले सचेत रहनुहोला है ।
यो जानकारी उपयोगी लागेमा सेयर पनि गरिदिनुहोला ।साभार सिद्धार्थ पोस्ट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय