Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

करिया छनौट माध्यम ठिक कार्यस्थल मा अधिकार सुन्य ।

 

 

दक्षिण कोरिया नेपाली युवाहरुको रोजाइ को मुख्य गन्तव्य देश हो । कोरिया नेपाली युवा युवति को मुख्य रोजाई मा पर्नु को मुख्य कारण कमाई र निस्पक्ष छनौट प्रकृया हो । नेपाली युवा युवति कोरियन भाषा पास गरेर रोस्टर मा बसि निस्पक्ष रुपमा रोजगारदाताको रोजाईमा पर्न सफल भयो भने सजिलै कोरिया जान सक्नुहुन्छ । कोरियाले बिभिन्न माध्यम बाट बर्ष भरीनै बिदेशी कामदार कोरिया भित्र्याउने गर्छ । ति माध्यम मध्ये इपिएस पनि एक हो इपियस कोरियन सरकार ले सन २००४ मा लागु गरेको हो । इपिएसको सबै भन्दा राम्रो पक्ष कोरिया भित्र्याउने माध्यम भाषा छनौट प्रकृया हो यो एकदम निस्पक्ष पारदर्शी छ ।

यदि माध्यम भाषा परिक्षा नभएको भए हामि आम नेपाली नागरिक सजिलो सित कोरिया जान पाउने थिएन । अहिले पनि कोरिया बाहेक का अन्य देशमा जान फ्री भिषा फ्री टिकट भनिए पनि भित्र भित्रै चहल पहल भै लाखौ तिरेर जानुपर्ने अवस्था छ । यदि कोरिया छनौट माध्यम भाषा परिक्षा नभएको भए अहिले सायद १५/२० लाख तिरेर कोरिया जान मिल्थ्यो होला त्यो सबै ले सजिलै आम नागरिक ले जान मिल्दैनथ्यो । तर कोरिया जान भाषा परिक्षा पास गरेर छनौट भै सकेपछि जान सजिलो भएपनि कोरियामा गएर काम गर्न एकदमै गार्हो छ पहिलो कुरा कोरियामा इपिएसबाट कामदार ल्याउने भनेको कोरियन ले गर्न नमानेको गार्हो , फोहर, खतरनाक (3D)काम का लागी हो । अर्को कुरा कोरियामा इपिएस मा सबै अधिकार रोजगारदाता लाई दिएको छ । विदेशी कामदार ले आफु बिरामी पर्दा समेत बिरामी भए भन्न पाउदैन रोजगारदाताले मान्छे मर्नै लाग्दा समेत जसरी भएपनि थोरै समयमा कति धेरै काम लिन सकिन्छ भनि सोचेका हुन्छन ।

हामिले नेपालमा किताबमा पढेने तिन बर्षमा तिन पटक कार्यस्थल फेर्न पाउने भने जस्तो कार्य स्थल सजिलै परिवर्तन गर्न पाउदैन कोरिया आउने विदेशी कामदार लाई कार्यस्थल आफुखुशी परिवर्तन गर्न दिइदैन । नेपाल बाट कडा मेहनत साथ भासा परिक्षा पास गरेर कोरिया जाने आस मा ठुलो सपना बोक्दै नाम लिस्टमा आफ्नो नाम आउने (श्रम सम्झौता ) दिनहरु पर्खि राख्नु भएको छ भने कति जना रातदिन भोक प्यास नभनि कोरिया जाने सुनौलो भबिस्य को चाहना मनमा राख्दै कडा मेहनत साथ भाषा परिक्षा को तयारी मा हुनुहुन्छ । आस गर्नु स्वभाबिक नै हो यदि हामि आफ्नै देश मा रोजगार पाउने भए यसरी विदेशीनु बाध्यता हुन्न थ्यो । फेरी कमाई को हिसाब ले कोरिया अन्य गन्तव्य मुलुक को तुलना मा राम्रो छ । तर पैसा छ भन्दैमा कोरियाको बारेमा राम्रो सग बुझेर जादा राम्रो हुन्छ जस्तो लाग्छ राम्रो अध्ययन नगरि कोरिया प्रवेश गरेका केही युवाहरु कोरिया प्रवेश पछि काम को प्रेसर र अन्यकारण डिप्रेसन को सिकार हुने गरेका छन । कोरिया नेपाल बाट हेर्दा कोरियामा बस्ने अन्य साथीले फेसबुकमा गगनचुम्वी भवन अगाडि खिचेर वा कुनै हाम्रो समुदाय ले गर्ने बिभिन्न कार्यक्रम मा सहभागी हुदा अतिथि को व्याच लगाएर मन्च मा आसिन पल लाई फेसबुकमा सेयर गर्ने फोटोमा सिमित छैन कोरिया । कोरिया विश्व को सम्पन्न देशमा पर्छ र कोरिया का सहर हरु हरभरा झिलिमिली झकिझकाउ छन तर कोरिया मा काम गर्न आउने धेरै विदेशी कामदार ले बर्षौ शहर न देखेका पनि छन विदेशी कामदार ले एकदम दुरदराज कुनाकाप्चा मा एक्लै बसेर काम गर्नु पर्ने अवस्था पनि हुन सक्छ । कोरिया काम गर्न आउने हामी नेपाली कामदार ले कोरिया गएर जस्तो सुक्कै परिस्थिति को पनि सजिलै सित सामना गर्ने छु भनि उच्च साहस बोकेर आउदा राम्रो हुन्छ जस्तो लाग्छ । अर्को कुरा कोरिया गै सके पछि हामि प्रवासी श्रमिक लाई आफ्नो हक अधिकार को लागि र कार्यस्थल मा अनेकन् अफ्यारा हरु आईपर्दा प्रवासी श्रमिकलाई सहयोग गर्ने प्रवासी श्रमिक कै हितकारी प्रवासी श्रमिक स्वयम् द्वारा सन २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर युनियन ( एमटियु ) दक्षिण कोरिया को नामले स्थापना गरिएको प्रवासी श्रमिक युनियन छ । जसले प्रवासी श्रमिक का बिभिन्न हक अधिकार प्राप्ती र सुरक्षा का लागी कोरियन सरकार लाई दबाब दिने काम गर्दछ । एमटियु दक्षिण कोरिया सन २०१५ अगस्ट २० तारिक सउल श्रम विभागमा दर्ता भइ दर्ता प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो । यो सम्बन्धित देशको श्रमबिभागमा दर्ता हुने विश्वको पहिलो प्रवासी श्रमिक युनियन हो । प्रवासी श्रमिक युनियन MTU को कोरिया काम गर्न आउने सबै प्रवासी श्रमिक सदस्य बनि MTU मा आवद्ध भएर आफ्नो हक अधिकार प्राप्तीका लागी आफै लडन पाउने अधिकार छ । नेपाल मा बिभिन्न भ्रामक प्रचारित गर्ने गरेको देखिन्छ कोरिया गएपछि रोजगारदाताले कुटपिट गालिगलौच गरेपनि चुपचाप सहनु पर्छ । नेपाल फर्काईदिन्छ भनेर हालकि यो भ्रम नेपालमा मात्र नभै कोरियामा पनि केहि व्यक्ति द्वारा छरिएको देखिन्छ । वास्तवमा त्यस्तो होइन कोरिया मा आफुमाथी दुर्व्यवहार भए आफ्नो हक अधिकार र न्यायका लागी प्रवासी श्रमिक युनियन MTU मा आवद्ध भएर आवाज उठान गर्न पाउने अधिकार छ । प्रवासी श्रमिक युनियन मा आवद्ध भएकै कारण हाम्रो रोजगार लाई रोजगारदाताले तलमाथि गर्न पाउने अधिकार छैन । तसर्थ कोरियामा कार्यरत या कोरिया आउन तयारी अवस्था हुनुहुने सबै जना प्रवासी श्रमिक युनियन MTU मा आवद्ध भएर कोरियामा कार्यस्थल मा प्रवासी श्रमिक माथी गरिने बिभिन्न भेदभाव बिरुद्ध एकजुट भएर दबाब सृजना गरौ ।

लेखक

मधुसुदन ओझा

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय