“कुलत को ओवरडोज ले सेन्स(चेत)गुमाउदै छु।जति दिन यो सन्सार मा बाचे खुसी को साथ र हिम्मत को साथ बाच्न सके।ईश्वर लाई करोडौं करोड धन्यवाद ।하나님께 감사합니다 ”
यी माथी का अन्तिम हरफ हरु लेखेर पाइन्ट को पछिल्लो गोजि मा राखेर पाल्पा का कुश बहादुर थापा (कुशल) ले आफ्नो घाटी मा आफै ले चक्कु प्रहार गरी आत्महत्या गरेको छ ।
मृतक थापा पहिलो कार्यकाल सकाएर फेरी कोरिया आएको बताईएको छ । सँगै काम गर्ने नेपालीहरुका अनुसार कम्पनी मा बिदेशी चार जना मात्र रहेको र आफू हरु को फान्जाङ समेत रहेको अनि ओवरटाइम दिने हिसाब गर्ने सबै त्यो दाइ नै हो भन्यो। हिँजो आफूलाई सञ्चो नभएको भनी ६ बजे नै कामवाट हिँडेको थियो । र 10 बजे काम सकेर आफू हरुले खोज्दा नभेटेको र सायद कतै साथी भेट्न वा पसल गयो होला भनेर सोच्यो र आफू मा एक जना खान पकाउन को लागि किचेन मा चक्कु खोज्दा नभेटेको र त्यो दाइ पनि नदेखेको ले अलिक मन मा चिसो पस्यो रे।पछि 2 जना नुहाउनु जाना लाग्दा बाटो मा अन्ध्यारो भएकोले टोर्च बालेर बाथरुम तिर जादा कन्टेनर को कुना तिर त्यो दाइ लाई देखेर बोलाउदा नबोलेको र नजिक गएर हेर्द रगत ले लथपटिएको घोप्टो अवस्था मा रहेको र चक्कु र mobile छेउ मै रहेको देखेपछि आतिएर चिनेको अन्कल लाई फोन गरेछ र अन्कल ले 112 मा फोन गरेर प्रहरी बोलाउनु भनेर त्यही अनुरुप प्रहरी बोलाएछ।
पछि cctv मा हेर्दा पनि आत्महत्या नै गरेको देखेर प्रहरिले तेहि अनुरूप केस अगाडि बढाएको जानकारीमा आएको छ । थप विवरण हामी संकलनकै क्रममा छौँ ।मेरो प्रतिभाको सहयोगमा