Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

डिसेम्बर १५ मा चासोक तङ्नाम मनाइदै

नेपालको अरूण पुर्व नौ जील्लामा वसोवास गर्ने लिम्बू जातिको मौलिक चार्डपर्वहरू मध्ये चासोक तङ्नाम एक प्रमुख चाड हो । चासोक तङ्नाम प्रत्येक वर्षको मंसीर पूर्णिमामा मनाइने गरिन्छ।लिम्बु जातीले प्राचिन कालदेखिनै खेतिपातिमा आधारीत जनजीवनमा लगाएको अन्नबाली पाकिसकेपछि भित्रयाउनु अघि ईष्टदेवता र पितृहरुको पुजाआजा गरि नयाँ अन्नवाली अर्पण गर्ने चलन छ ।यसरि ईष्ट देवता लाइ नयाँ अन्नवाली अर्पण गर्दै चासोक तङ्नाम मनाइन्छ। लिम्बू भाषामा ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नुहुन्छ । तागेरानिङ्वाभुमाङ भनेर जल, जमिन, वायु, अग्नि वा सूर्यलाई चिनिन्छ । ‘तङ्नाम’ ले पर्व/चाड अर्थात् उत्सव जनाउँछ ।’

चासोक तङ्नाम’ लाई सरल भाषामा न्वागी पुजा पनि भन्ने गरिन्छ। मुन्धुम अनुसार कृषियुग शरुहुनभन्दा अगाडि लिम्बूहरूको पुर्खाहरूले कन्दमुल काँचै खाने गर्दथे । त्यस कारण कुपोषण भई अनेकौ रोग लाग्यो । रोगबाट मुक्ति पाउन मेन्निमाङ, मेन्थामाङ तागेरा निङ्वाफुमाङको प्रार्थना गरे । प्रार्थना गर्दा तागेरानिङ्वाफुमाङले पेना (कोदो), पारामा (कोदोसगै फल्ने कोदो जस्तो) तुम्री (जुनेलो), ताक्मारु (घैया), हाम्बे(अदुवा)लगायतको बियुबिजन उनै तागेरा निङ्वाफु माङले दिलाउनु भयो । पुर्खाहरूले उक्त बिउबिजन पाएपछि, ति पुर्खाहरूका चेली सिवेराएःक्थुक्मा सिवेरा याबुकेक्माले काठको खन्ती र अङकुसेको सहयोगले खोरीया फाडेर अन्नको बिउ छरी फलाईन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती गर्न सिके । फलाएको अन्न आगोमा पकाई खान थाले । उनीहरूलाई रोग पनि लाग्न छोड्यो । सन्तानहरूलाई पनि रोगले आक्रमण नगरेपछि जनसंख्या बढ्न थाल्यो । खेती गरेर अन्न फलाउन सिकाउने आफ्ना चेलीको यो पुन्य कामदेखि खुशी भई सावा येत्हाङहरूले उनलाई आशिष र बरदानका रुपमा आफूले फलाएको अन्न चेली सिवेरा एःथुक्मा सिवेरा याबुकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खाने बाचा गरे । सोहि समयदेखि लिम्बू जातिमा चासोक तङनामको थालनी भएको मुन्धुममा बर्णन गरिएको पाइन्छ ।

कोरियामा चासोक तङ्नाम किन मानाइन्छ ? र कहिले मनाइदैछ ?

चासोक तङ्नाम कोरियामा पनि प्रत्येक वर्ष मानाइन्छ । कोरियमा चासोक तङ्नाम सिंगो लिम्बूसमुदायको प्रतिनिधित्व गर्ने संस्था किरात याक्थुङ चुम्लुङ कोरियाले आयोजना गर्ने गरेको छ ।चुम्लुङ्को स्थापना कालदेखिनै कोरियाको सउलमा प्रत्येक वर्ष चासोक तङ्नाम मनाउदै आइरहेको छ । केहि वर्ष यता कोरियाको वुसान र जेजुदो क्षेत्रमा पनि मनाइदै आएको छ ।प्रवासमा हरेक चार्ड पर्वको महत्व धेरै हुने गर्दछ।कोरियामा दिन रात काम गर्नु पर्ने कामको थकान,कामको चापले गर्दा विभिन्न मानशिक समस्याहरू आइपर्ने भएकाले सवैजना जम्मा भएर चार्ड पर्व मनाउदा मानसकिक तनाव कमहुने,एक अर्कामा सामिप्यता वढेर जाने,आफ्नो मौलिक सँस्कृति पनि जगेर्ना हुने भएकाले कोरियामा पनि चासोक तङ्नाम आयोजना गरिएको चुम्लुङका अध्यक्ष मिराक लिम्बु ले बताउनु भयो । हरेक बर्ष नेपाल सरकारले मंसिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ । यस बर्षको मंसिर पुर्णीमा मंसिर २६ (डिसेम्बर १२ )बिहिवार परेको छ। तर कोरियामा यो वर्ष मंसिर पुर्णीमाको ठिक ३ दिन पछि सबैको बिदा लाइ मध्यनजर गर्दै डिसेम्बर १५ तरिक आइतवार सउलको सङबोक खुछङमा भव्य मनाउने तयारी गरिएको छ।चासोक तङनामको सम्पुर्ण तयारि भइसकेको आयोजकले जनाएको छ । चासोकमा नेपालवाट आमन्त्रित मुन्धुमि गायक यादन सेर्मा लिम्बु,गायक डिल्लि फोम्बो र स्थानिय कलाकार हरूको साथमा मनाउन लागिएको हो ।

कार्यक्रममा विभिन्न लिम्बु समुदाय संग सम्बन्धित के-लाङ(च्याब्रुङ नाच),या-लाङ(धान नाच), हाक्पारे ख्यालि हरू प्रश्तुति रहने छन् साथै लिम्बु मौलिक परिकार हरूको पनि व्यावस्था गरिएने भएको छ।कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण लिम्बु तथा गैर लिम्बु समुदाय,वुद्दिजिवि,व्यापारि,समाजसेवि,विद्यार्थि र पत्रकारहरूलाइ यसै समाचार लाइ आधारमानि उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय