Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा विदेशीहरू लाई लक्षित गरी ड्राइभिङ लाइसेन्सको लिखित तयारी कक्षा डिसेम्बर ८ देखि सञ्चालन हुने

दक्षिण कोरिया । विदेशीहरूलक्षित विदेशी चालक इजाजतपत्र (लाइसेन्स)को निशुल्क लिखित तयारी कक्षा सुसो पुलिस स्टेशनले डिसेम्बर ८ र १५ तारिख सञ्चालन गर्ने भएको छ ।

विदेशी चालकलक्षित गरेर सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न र सुरक्षित यात्रालाइ मध्यनजर गर्दै सवारी साधन, ट्राफिक सम्बन्धी सम्पुर्ण जानकारीहरू सिकाउने भएकोले यो कक्षा महत्वपूर्ण हुनसक्छ ।
उक्त कक्षामा इच्छुकले यथाशीघ्र मेसेजमार्फत आफ्नो नाम र सम्पर्क नम्बर आवेदन गरी सहभागिता हुन सकिने सुसो पुलिस स्टेशन सब–इनिस्पेकटर Hye Sook Kank ले जानकारी दिनुभयो ।
कुल ३० जनासम्म सहभागिता हुन सकिने तयारी कक्षामा देछाङ (대청, Gaepo-dong, Gangnam-gu, Daecheong) स्टेशन नजिक रहेको सुसो पुलिस स्टेशनको कार्यलय कक्षामा सञ्चालन हुनेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय